जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनमा मतदान प्रक्रियाका लागि १ सय ७४ जनाले भाग लिएका छन ।
मतदानका लागि विभिन्न ७२ पदमा १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएको थिए । तर ५ जना सदस्य निर्विरोध निर्वाचित र एकजनाकाे उम्मेदवारी रद्द भएपछि १ सय ७४ जना निर्वाचनमा भाग लिएको निर्वाचन संयोजक प्रहलाद गौतमले जनाएको छ ।
बुधवार बिहान ८ बजेदेखि हुने भनिएकोमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन नसक्दा सहमतिय आधारमा निर्वाचनको समयावधि दिउंसो ४ बजेपछिका लागि सारिएको उनले बताए ।
निर्वाचनमा सभापतिमा रामसरोज यादव र कृष्ण यादव सहित प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र उम्मेदवार रहेका रामसरोज यादवलाई पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइराला समूहको समर्थन रहेको छ भने कृष्ण यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार रहेका छन ।
रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा प्रदेशसभा सदस्य समेत रहेका सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतोको उम्मेदवारी दिएको छ । त्यस्तै, सोही प्यानलबाट सहमहामन्त्रीमा पर्साका अरबिन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीको उम्मेदवारी परेको छ ।
यता, देउवा समूहका उम्मेदवार कृष्ण यादव प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री समेत रहेका सर्लाहीका नेता वीरेन्द्र प्रसाद सिंहले उम्मेदवारी दिएका छन् ।
उनको प्यानलबाट महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् भने सहमहामन्त्रीमा सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, स्वतन्त्रबाट पनि ५ जनाले उम्मेदवारी दिएका छन् भने विभिन्न क्लस्टरबाट प्रदेश सदस्यमा १४ जना, प्रदेश सदस्य महिलामा ७ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट १÷१ गरी– ८ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट १/१ महिलामा ८ जना र प्रदेश सदस्य खस आर्य १ पदमा ४ जनाले उम्मेदवारी दिएका थिए ।
प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३ जना, प्रदेश सदस्य आदिवासी जनजाति महिला १ पदमा २ जना, प्रदेश सदस्य मधेशी खुल्ला ७ जनाका लागि १६ जना, प्रदेश सदस्य मधेशी महिला ६ जनाका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला– ३ जनाका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ जनाका लागि ५ जना र प्रदेश सदस्य खुल्ला थारु १ जनाका लागि २ जनाले उमेदवारी दर्ता गराएका थिए ।
यी मध्ये मधेशी खुल्ला जिल्लामा पुरुषतर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह, महोत्तरीकी उषा देवकोटा, पर्साकी किरण कुमारी र आदिवासी जनजाति तर्फ मनमाया तामांगनी निर्विरोध भएका छन । मधेशी खुल्लातर्फ पुरुष समूहमा सप्तरी बाहेक ७ जिल्लामा, महिलातर्फ ५ जिल्लामा निर्वाचन हुनेछ भने आदिवासी जनजाति महिलातर्फ निर्वाचन हुनेछैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !