जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को सभापति पदका लागि भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रौतहटका जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधामस्थित मतदानस्थल दलबलका साथ गोपाल धर्मशाला पुगेर रामसरोज र कृष्णले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस प्रदेश २ संसदीय दलका नेता समेत रहेका उम्मेदवारी दिएका रामसरोज स्वतन्त्र उम्मेदवार हुन भने कृष्ण सभापति देउवा समूहका उम्मेदवार छन ।
हुनत रामसरोज केन्द्रिय महाविधेशनसम्म उपसपभापति विमलेन्द्र निधि समूहबाट थिए । तर निधिले देउवालाई समर्थन गरेपछि उनी स्वतन्त्र उम्मेदवार बन्न गएका हुन ।
संचारकर्मीसँग कुरा गर्दै रामसरोजले आफ्नो उम्मेदवारी जित सुनिश्चितताका लागि दाबी गर्दै आफू जितेपछि कांग्रेस भित्रका गुट उपगुट समाप्त पारेर आगामी निर्वाचनमा प्रदेश २ मा कांग्रेसको पूर्ण बहुमतको सरकार बनाउने र स्थानीय देखि प्रतिनिधिसभासम्म बढीभन्दा बढी सिट जिताएर कांग्रेसलाई मजबुत बनाउने प्रतिबद्धता जनाए ।
देउवा समूहका प्यानल बनाएर उम्मेदवारी दर्ता गराएको कृष्णले भने निर्वचित भएपछि कांग्रेसको माइती भनिएको मधेशका अभिन्न अंग प्रदेश २ लाई मजबूत स्थितिमा ल्याउनेछु । कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई संगै हिंडनेछु र आगामी निर्वाचनमा कांग्रेसको बढीभन्दा बढी सिट जिताएर कांग्रेसमय बनाउनेछु ।
उनको प्यानलबाट प्रदेश २ को महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी यो समाचार लेख्दासम्म दर्ता गराएका थिए । सभापतिका उम्मेदवार कृष्णले निर्वाचनबाट प्रदेश एक सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गरिनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !