जनकपुरधाम । विकास विराेधीहरूले एमसीसी बारे जनतामा गलत भ्रम फैलाएको गृहमन्त्री बालकृष्ण खाँणले आराेप लगाएका छन ।
नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनका लागि जनकपुरधाम आएका गृहमन्त्री खाँणले संचारकर्मीहरुसंग कुरा गर्दै भने एमसीसीले नेपालको विकासमा ठुलाे टेवा पुरयाउने भएकाेले विकास विराेधी दल र व्यक्तिहरूले भ्रम फैलाउने काम गरिरहेकाे छ ।
उनले भने ती भ्रमलाई छल्दै सम्झाैतालाई कार्यान्वयन गर्ने लक्ष्य सहितको एमसीसी परियोजनालाई अगाडी बढाउने नेपाल सरकारले अघि बढाइसकेको बताए ।
हुनत यस अघिका सरकारहरुकै पालामा यो परियोजनाका लागि सम्झौता सहित प्रक्रियाहरु अगाडी बढाइएको थियो । अब सम्झौतालाई कार्यान्वयन गर्ने हाम्रो दायित्व रहेकोले सोही अनुरुप सरकारले तयारी थालेको उनले भने ।
उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसंग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ, यसको अरु कुनै उद्देश्य छैन । तर नेपालको विकास नचाहने केही राजनीतिक दल र व्यक्तिले जनतामा गलत भ्रम फैलाएको आराेप लगाए ।
नेपाल सरकारलाई सो परियोजना अन्तर्गत विद्युतीकरणका परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको जानकारी गराए ।
उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋणमा होइन, यो निःशर्त अनुदान हो, त्यसैले गठबन्धनका दलहरुको सहमतिकै आधारमा यो पारित गराउने उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !