जनकपुरधाम । पदाधिकारी चयन नगर्दै कार्यसमिति बनाउने निर्णयमा सिमित भई विवादका बीच नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र सम्पन्न भएको छ ।
शनिवार सम्पन्न गर्ने भनिएको बन्द सत्र पदाधिकारी चयन विवादमा अल्झिएर आइतवार सर्लाहीको लालबन्दीमा २ सय ७१ सदस्यीय कार्यसमिति चयन गर्ने भनी निर्णयमा सिमित भई सम्पन्न भएको हो ।
नेतृत्वको दाबेदारीमा विवाद बढदै गएपछि अन्ततः प्रत्येक जिल्लाको सहभागिता हुने गरी २ सय ४१ बाट बढाएर पदाधिकरी पछि तोकिने गरी २ सय ७१ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेर बन्द सत्र भएको माओवादी नेताहरुले बताएका छन ।
सम्पन्न बन्द सत्रबाट प्रत्येक जिल्लाबाट साधारण सदस्यको संख्याको आधारमा १७ देखि २२ सदस्य सर्वसम्मतिले जिल्ला शाखाबाट सिफारिस आधारमा चयन गरिने सो चयनित सदस्य मध्ये पदाधिकरी चयन गरिने निर्णय गरिएको कुरा केन्द्रिय सदस्य जगत यादवले जानकारी दिएका छन ।
जिल्लाहरुबाट अत्यधिक प्रतिनिधि आइसकेको कारण शनिवार हुने भनिएको बन्द स्थगित गरिएको थियो । त्यसपछि सर्वसम्मतिले सदस्य चयन गरी सो मध्येबाट केन्द्रिय निर्णय अनुसार पदाधिकारी चयन गरिनेछ र सोको सार्वजनिक पुस २० घोषणा सभाबाट गरिने उनले बताए ।
प्रादेशिक समिति नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएपछि विवाद उत्पन्न भएको थियो । श्रोतका अनुसार रामकुमार शर्मा, श्रवण साह, अशोक साह, अजय शंकर नायक र दिलिप साह लगायतका नेताहरु नेतृत्वका लागि दाबी गरेका थिए ।
प्रदेश २ मा मातृका यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूह आ आफ्नो दाबी गरेका छन् । दुईटै समूहले आआफ्नो तर्फबाट दावीहरु प्रस्तुत गरेको कारण विवाद उत्पन्न भएको थियो । सहमति हुन नसक्दा कार्यसमिति सदस्य संख्या तोकेर बन्द सत्र सकिएको हो । केन्द्रबाट अध्यक्ष प्रचण्डले ११ गतेअघि नै सहमति गर्न निर्देशन दिएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !