जनकपुरधाम । चुरे वन जंगल संरक्षणप्रति सरकार गम्भिर नरहेको भन्दै चुरे अभियानीहरुले फेरी आन्दोलित भएको छ ।
सरकारले चुरे तथा वनजंगल संरक्षण गर्ने तर्फ अझै चासो नदेखाएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले साेमवार एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आन्दोलनको कार्यक्रमको पहिलो दिन अभियानीहरुले पुस ५ गते प्रदेशको आठ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालय घेराउ तथा ज्ञापन पत्र बुझाउने जनाएको छ ।
पुस ६ गते सप्तरीको रुपनी बजार, सिरहाको लहान, महोत्तरीको बर्दिवास, रनैतहटको चन्द्रनिगाहपुर र बाराको सीमरामा बिरोध सभा गर्ने, पुस ७ गते प्रदेश सरकारलाई घेराउ गर्ने कार्यक्रम रहेको अभियानका संयोजक सुनिल कुमार यादवले जानकारी दिए ।
प्रदेश २ सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानीहरुसंग गरेको सम्झौता कार्यान्वयन, सम्झौता अन्तर्गत गरिएको छानविनको प्रतिवेदन सार्वजनिक, भूमिहिन सुकुम्वासी हरुले भोग गर्दै आएको जग्गाको लालपूर्जा वितरण, नक्कली सुकुम्वासीहरुको लालपूर्जा छानविन गरी बदर गर्नुपर्ने लगायतको माग पूरा गर्न अभियानीहरुले माग गरे ।
आफूहरुको माग पूरा नभए फेरी अर्को चरणको आन्दोलन गर्न बाध्य हुने अभियानका संयोजक यादवले चेतावनी दिए ।
यसअघि पछिल्लाे महिना करीब दुई हप्तासम्म अभियानीहरू आमरन अनसनमा नै बसेका थिए । प्रदेश सरकारका भाैतिक पुर्वाधार मन्त्री रामसराेज यादवले मांग पूरा गर्ने लिखित सम्झाैता गरेपछि आमरन अनसन तिनीहरूले ताेडेका थिए । सम्झाैता एक महिना बितिसक्दापनि कुनै चासाे नलिए पुनः आन्दाेलित भएका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !