जनकपुरधाम । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्नाे २५औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
एनसीसी बैंकको रजत जयन्तीको अवसरमा जनकपुरधाम शाखाले भानु चोकस्थित कार्यालयमै रक्तादान कार्यक्रमको आयोजना गरेकाे थियाे ।
बैंकले रजत जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको र सो अवसरमा ३८ जनाले रक्तदान गरेको शाखाका प्रबन्धक राजकिशोर मिश्रले जानकारी दिए ।
उनले कोरोना महामारीका कारण रगतको अभाव रहेको समयमा केही सहयोग हुने अपेक्षाका साथ यो कार्यक्रमको आयोजना गरिएको बताए । बैंकले आर्थिक गतिविधि मात्रै गर्नुभन्दा पनि सामाजिक दायित्व समेत वहन गर्नु पर्ने हाम्रो मान्यता रहेको उनको भनाई थियो ।
बैंकले आगामी दिनमा समेत सामाजिक दायित्व वहन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !