जनकपुरधाम । गत ६ महिनाकाे अवधिमा प्रदेश२ मा १ सय१५ वटा बलत्कार घटना भएकाे छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले मिडिया साझेदारी बैठकमा सन् २०२१ जनवरीदेखि जुनसम्मको तथ्यांक सार्वजनिक गर्दै दाबी गरेका हुन ।
साे तथ्यांक अनुसार ६१ वटा बालिका र ५४ महिला बलत्कार घटनाकाे शिकार भएकी हुन । त्यस्तै बालहिंसा ९५ वटा, बजरजस्ती करणी ५ वटा, बालिका बेचबिखन ३ वटा, २५ जना बालिका र १ बालक सहित २६ जनामाथि यौन दुव्र्यवहार, १२ जना महिला घरेलु हिंसा, बोक्सी आरोपमा २३ र बलात्कारको प्रयासमा २१ महिला परेका तथ्यांकमा उल्लेख छ ।
मानव अधिकारको ३९१ वटा घटना उल्लंघन भएको तथ्यांक बाहिर आएको छ । ती मध्ये राज्यपक्षबाट ५९ वटा र गैर राज्यपक्षबाट ३३२ वटा गरी ३९१ वटा मानव अधिकार उल्लंघ नभएको तथ्यांकले देखाएको छ ।
प्रहरी रिर्पाेट र विभिन्न पत्रपत्रिका आएकाे समाचारकाे आधार मानेर संख्या दाबी गरिएकाे इन्सेकका प्रदेश प्रमुख राजु पासवानले बताए ।
सन् २०२१ जनवरीदेखि जुनसम्मको सो तथ्यांकमा अपहरण १२ वटा, पक्राउ ४ वटा बालअधिकार हनन ३१ वटा, अमानवीय व्यवहार ११ वटा, घाइते २२ वटा, हत्या ४५ वटा, जातिय विभेद २ वटा, धम्की ३ वटा, यातना १ वटा महिला अधिकार हनन १२५ वटा लगायतको भएको उल्लेख गरेको छ ।
इन्सेकका प्रदेश २ अध्यक्ष राजु पासमानको अध्यक्षतामा भएको मिडिया साँझेदार बैठकका प्रमुख अतिथि राष्टिय मानव अधिकार आयोगका प्रदेश २ अध्यक्ष वीर बहादुर बुढामगरले कहिलेकाही अनुसन्धान नगरीकन समाचारहरु बाहिर आउँदा निर्दोष व्यक्ति पनि दोषी ठहरिने गरेकोले अनुसन्धान गरी समाचार सम्प्रेषण गर्नका लागि सबैमा आग्रह गरे ।
त्यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश २ अध्यक्ष राजेश कुमार कर्णले इन्सेकको तथ्याकमा धेरै यस्ता घटनाहरु छन् जसको विवरण नआएको बताएका छन् ।
उनले घटना संकलन र मानव अधिकारकर्मीले कतिजनालाई न्याय दिलाउन सफल भएको पहल गरेको तथ्यांक राख्नुपर्नेमा जोड दिएका छन् ।
प्रहरी भित्र धेरै घटनाहरु घटेको छ, जुन यस तथ्यांका राखिएको छैन अध्यक्ष कर्णले भने, ‘विगतमा मानव अधिकारकर्मीहरु गरेको कार्य र अहिले गरिरहेको कार्यमा धेरै भिन्नता छ । वर्तमानमा मानव अधिकारको भूमिका प्रभावकारी देखिएको छैन ।’
कार्यक्रममा अधिवक्ता रेखा झा, पत्रकार धर्मेन्द्र झा, अजय झा लगायतका व्यक्तिहरुले आफ्ना जिज्ञासा राखेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !