जनकपुरधाम । कोरोनाविरुद्धको भेरोसेल खोप धनुषामा मंसिर २४ देखि २८ गतेसम्म लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जनकपुरधाममा एक पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरी १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई खाेप लगाउने कार्यक्रम आयाेजना गर्न लागेकाे जानकारी दिएका छन ।
यश पटक कोरोनाविरुद्धको भेरोसेल खोप ठुलै मात्रामा १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले बताए ।
धनुषा जिल्लामा प्रत्येक वडा ३/४ वटाकाे संख्याले कुल ६ सय ३१ वटा खोप केन्द्रबाट खाेप कार्यक्रम संचालन छन् । एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालन गरिनेछ भने निरिक्षणका लागि जिल्लाका १ सय ६९ वटै वडामा खोप सुपरभाईजरसमेत परिचालन गरिने उनले बताए ।
यसअघि खोप लगाउन छुटेका भएका र दाेश्राे डाेज लगाउन बांकी रहेका १८ वर्षभन्दा माथि उमेर समुहका सवै नागरिकलाई खोप लगाइने छ । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख यूगल किशोर यादवले यस पटककाे भीभीएम मिश्रित भएकाे अझै प्रभावकारी रहेकाे कारण निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।
१८ बर्ष र सो भन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखी २९ गतेसम्म नियमित रूपमा स्वास्थ्य कार्यालयमा नै लगाइँदैछ ।
जिल्लाको कूल जनसंख्या ५ लाख ५५ हजार ४ सय ८७ लक्षित १८ भन्दा माथिका अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरि जम्मा ३ लाख १० हजार १४८ जनाले लगाइसकेका छन् ।
जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ बर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेकाे जनाइएकाे छ ।
अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !