जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसको एकमाना सरकार आउनुपर्नेमा जोड दिएका छन ।
बिहीवार नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को उद्घाटन सत्र बोल्दै प्रमुख अतिथि निधिले भने देश र मधेशी जनताको हित तथा अधिकारका लागि संविधान शंशोधन आवश्यक छ, तर त्यो तब सम्भव छ जब देशमा कांग्रेसको एकमाना सरकार आउंछ ।
उनले भने संविधान संशोधनका लागि नेपाली कांग्रेसले दुई/दुई पटक संशोधनको प्रस्ताव दर्ता गराए तर न त कम्युनिष्ट साथ न तथाकथित मधेशवादी दल नै, कांग्रेसको बहुमत नभएको कारण संशोधन हुन नसकिरहेको अब काग्रेसलाई बहुमतमा ल्याउने गरी सबैलाई अघि बढनु आवश्यकता छ ।
निधिले भाषा, धर्म र संस्कृतिक सबैको पहिचान र प्रतिनिधित्व तथा शासन प्रणाली र संविधानमा सबैको स्वामित्व बोध गराउन नेपाली कांग्रेसलाई बहुमतले जित्न आवश्यकता रहेको कुरामा जोड दिदै भने अब पार्टी भित्र युवावर्गलाई नेतृत्वको अवसर दिन पार्टीले सहजता अवलम्ब गर्नु जरुरी छ ।

उनले जबसम्म कांग्रेसको बहुमतीय सरकार हुदैन तबसम्म संविधान संशोधन, देशको समृद्धि र विकासको परिकल्पना गर्न सक्दैन भन्दै आगामी निर्वाचन कांग्रेस देशैभरि एक्लै लड्नेतर्फ संकेत गरे । उनले भने बहुमतिय सरकारका लागि कांग्रेसले आगामी निर्वाचनमा पार्टीले देशका हरेक प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहको सिटमा एकल उम्मेदवार खडा गर्नेछ ।
साथै निधिले देशको शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई सत्ताको ड्राइभिंगमा सिटमा आउन जरुरी छ । तर त्यो तब सम्भव छ जब कांग्रेसको बहुमत आउंछ, त्यसका लागि कांग्रेसले देशका हरेक प्रतिनिधि, प्रदेश सभा क्षेत्र र स्थानीय तहमा आफ्ना उम्मेदवार दिनेछ । कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले भनिन् अधिवेशनबाट को पदमा आएन ती सबै कुरालाई बिर्सेर आउंदो निर्वाचनबाट पार्टीलाई बहुमतिय सरकार बनाउनुपर्ने प्रतिबद्धताका अघि बढनुपर्ने आवश्यकता छ ।
देशमा जब जब संकटकालिन अवस्था आयो तबतब कांग्रेसले नै बागडोर सम्भालेर उबारने काम गरेको छ । कांग्रेसले संविधान जारी गरेपनि सफल कार्यान्वयन हुन सकेको छैन, यसका सफल कार्यान्वयन गर्ने जिम्मेवारी संविधान जारी गर्ने हामी कांग्रेसकै अभिभारा रहेको छ ।
सो कार्यक्रममा पुर्व शिक्षामन्त्री तथा कोषाध्यक्ष चित्रलेखा यादवले देशमा महिला नेतृत्वको आवश्यकता रहेको कुरामा जोड दिईन । उनले भनिन् संविधानमा हामीले प्रमुख कार्यकारी पदमा एक महिला र एक पुरुषको व्यवस्था गरियो, तर कार्यान्वयन हुन सकेको छैन, संविधान संशोधन गरी महिला वा पुरुष दुवै भनिएको महिलालाई अनिवार्यता गर्नुपर्ने आवश्यकता छ । सो कार्यक्रममा केन्द्रिय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, महोत्तरीका सभापति महेन्द्र राय यादव र भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।
उद्घाटन सत्र सम्पन्न पछि स्थानीय गोपाल धर्मशालामा निर्वाचन तालिका टांसिएको छ । निर्वाचन तालिका अनुसार भोली शुक्रवार उम्मेदवार मनोयन दर्ता कार्य हुनेछ । सर्वसम्मतिले कार्यसमिति पदाधिकारी चयनको प्रयास गरिन्छ, सर्वसम्मति नहुन सके पर्सि शनिवार मतदान प्रक्रियामा जाने जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !