जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश २ समितिको प्रदेश समिति सदस्यमा नेता कोमलकान्त झाले पनि उम्मेदवारी दिने भएका छन् ।
आउंदाे मंसिर १७ र १८ गते हुने नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा प्रदेश सदस्य पदका लागि झाले उम्मेदवारी दिन लागेका हुन् ।
विद्यार्थी जीवनबाटै नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आएका झा पार्टी भित्र अल्पसंख्यक एवं सीमान्तकृत समुदायको हकहितको रक्षा गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको बताए ।
उनले बैलटको राजनीतिमा जातीय फैक्टर हावी भईरहेको समयमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको पक्षमा आवाज उठाउनु पर्ने आजको आवश्यक्ता रहेको बताए । झाले भने ‘पार्टी भित्र समेत अल्पसंख्यक समुदायलाई संगठित बनाउनु छ, यस अभियानमा पार्टीका साथीहरुले समेत हामीलाई सहयोग गर्नेछनु मलाई विश्वास छ ।’
मिथिला विहारी नगरपालिका वडा नम्बर १० ठेराका कोमलकान्त झा २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति गर्दै २०४८ सालमा गाउँ ईकाई कमिटिीका सभापति भएका थिए । २०५१ सालमा धनुषा जिल्लाको तत्कालिन क्षेत्र नम्बर ३का क्षेत्रीय उपसभापति भए ।
२०५६ साल देखि २०६६ सालसम्म नेपाली कांग्रेस धनुषाको जिल्ला कार्यसमिति सदस्य भएर काम गर्नुका साथै २०६७ सालदेखि २०७३ सालसम्म नेपाली कांग्रेस धनुषाको सचिव भएर काम गर्ने अनुभव उनी संग छ । झा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नजिकका नेता मानिन्छन् ।
पहिलो पटक संघिय प्रणालीको ढाँचा अनुसार नेपाली कांग्रेसले गर्न लागेको प्रदेश अधिवेशन अन्तर्गत ६१ सदस्यीय प्रदेश २को नेतृत्व छनौट हुनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !