नकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पदीय राेवाफीधनुषामा आफ्नै भाइलाई जबर्जस्ती पार्टीको क्षेत्रिय सभापति बनाएकाे आराेप लगाइएकाे छ ।
नेपाली काँग्रेसको जारी १४औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशनबाट उपसभापति निधिले आइतबार आफ्नो भाइ धिरेन्द्र निधिलाई क्षेत्रिय सभापति सहित अन्य पदाधिकारी तथा महाधिवेशन बनाएपछि पार्टीकै कार्यकर्ताहरूले विराेध जनाउंदै प्रदर्शन गरेका छन ।
क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले आजसम्म इतिहासमै नभएको काम उपसभापति निधिले पार्टीकाे विधान र निर्वाचन प्रक्रिया मिचेर आफ्ना भाइ धिरेन्द्रलाई सभापति र श्रीमती अनामिका निधिलाई महाधिवेशन प्रतिनिधि सहित आसेपासेलाई चयन गरेको आरोप लगाए ।
उनले भने उपसभापति निधिले एकलाैटी रूपमा मनोमानी गर्दै निर्वाचनकाे कुनै प्रक्रिया नै न अपनाई उद्घाटन सत्रकाे मञ्चबाटै आफू अनुकूलका व्यक्तिहरूको नाम घोषणा गरेकोमा हाम्राे आपति रहेकाे छ हामी यसकाे विराेध गर्दै पार्टी पद्धति अनुसार कानूनी प्रक्रियामा जानेछाै ।
त्यस्तै अर्का महाधिवेशन प्रतिनिधिका आकांक्षी शम्भुनाथ झाले पनि उपसभापति निधिले पदीय आडमा सुरक्षाकर्मी लगाएर आफू अनुकुल क्षेत्रिय समिति पदाधिकारी चयन गरेकाे आराेप लगाए ।
उनले भने मतदानकाे समयावधि ५ बजे थियाे । तर प्रमसख अतिथिकाे रूपमा सहभागी उपसभापति निधिले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिच्दै उद्घाटन सत्रबाटै मनतव्य दिने क्रम अन्य प्रक्रिया पछि गर्ने भनी पदाधिकारीहरूकाे नाम घाेषणा गरेकाे थियाे ।
हामीले विराेध जनाउंदा प्रहरी लगाएर भीडलाई तितर बपतर पारी निर्वाचन अधिकृतलाई त्यंहाबाट लिएर गएकाे झाले भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !