जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश सभाको आठौं अधिवेशन आउंदो मंसिर २९ गतेका लागि आव्हान गरेको छ ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले प्रदेश सभाको आठौ अधिवेशन मंसिर २९ गतेका लागि आव्हानका गरिएको पत्र प्रदेश सरकारले पठाएको जानकारी दिएका छन । प्रदेश सरकारले गत २ दुई दिनअघि निर्णय गरेपनि हिजो प्रदेश सभा सचिवालयमा पत्र पठाएको उनले बताए ।
चार दलीय गठबन्धनको प्रदेश २ मा सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन आव्हान गरिएको छ । बैठकको पहिलो मुद्दा नै प्रदेशको नाम र राजधानी रहनेछ । दलीय विवादका कारण नियमित र लामो समयदेखि प्रदेश सभाको बैठक बस्न नसक्दा प्रदेशको नाम र राजधानी अलपत्र बनेको हो ।
प्रदेश सरकारसंग अहिले दुई तिहाई भन्दा बढि बहुमत रहेको कारण प्रदेशको नाम र राजधानी टुंगो लाग्ने भन्ने आश गरिएको कुरा जनता समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले बताएका छन । उनले भने प्रदेशको नाममा सरकार आबद्ध दलहरुबीच एकमत नरहेपनि राजधानी जनकपुरधाम हुनेमा अनौपचारिक छलफल भइरहेको टुंगो लाग्ने निश्चित छ ।
प्रदेश सरकारका प्रवक्ता शैलेन्द्र साहले भने प्रदेशको नाम र राजधानी टुंगो लगाउन धेरै ढिलो भएको कारण प्रदेश सभाको आगामी बैठकमा यही विषयवस्तुलाई अघि बढाउने सरकारको सोच रहेको छ । त्यस्तै सत्तारुढ दल कांग्रेस संसदीय दलका नेता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि प्रदेश सभाको बैठकमा पहिलो विषयवस्तु प्रदेशको नाम र राजधानी बारे छलफल अघि बढाउने गरी आफूहरुको तयारी रहेको बताएका छन ।
प्रदेशको नाम र राजधानीका लागि सभामुख सरोज कुमार राय यादवले सातौ अधिवेशनमा प्रदेश सरकारलाई रुलिंग गरेका थिए । प्रदेशको नामकरण र राजधानी तोक्न प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्ताव एक पटक असफल भइसकेको छ भने अर्को प्रस्ताव पनि गएको वैशाख महिनामै दर्ता भएको छ ।
प्रदेश सरकारका नेतृत्व दल जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल प्रदेशको नाम मधेश प्रदेश राख्नेमा एकमत छन भने सत्तारुढ दलकै कांग्रेस मिथिला भोजपुरा, प्रतिपक्षी दल एमाले र सत्तारुढ दल नेकपा (एस) जानकी प्रदेशको नाम अघि सारेका छन । राजधानी बारे सबै दल जनकपुरधाम हुनेमा एकमत छन । सत्तारुढ दल जसपा र कांग्रेसका केही सदस्य विरगंज हुनुपर्ने भन्ने प्रस्ताव दर्ता गराएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !