जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध जनकपुरधाममा पनि कानून व्यवसायीहरुले जारी राखेका छन ।
प्रधानन्यायधिश जबराको राजिनामा माग्दै कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको मुल ढोकामा नेपाल बार एसोसिएसन जनकपुरधाम आबद्ध कानून व्यवसायीहरुले तेश्रो दिनपनि अदालत अवरुद्ध गर्दै धर्नासहित विरोधसभा गरेका छन् ।
नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा धर्ना सहित विरोधसभा गरिदै आएको छ । बुधवार आन्दोलनमा सहभागी हुन आएका नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायधीश चालेन्द्र शमशेर जबराको कारण जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिका धुमिल हुँदै गएकोले तत्काल राजिनामा दिनुपर्ने मांग गरे ।
पौडेलले न्यायधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने र हाम्रो एक सुत्रीय माग पूरा नहुञ्जेलसम्म बार एसोसिएसन आन्दोलन जारी रहने बताए । धर्नामा सहभागी वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायधीशले आफ्नो स्वार्थपूर्तिका लागि स्वतन्त्र निकाय न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकासंग सम्झौता गरेर जनतामा विश्वास गुमाएको आरोप लगाए ।
मुलढोका नै अवरुद्ध गरेर बारको आन्दोलनले सेवाग्राहीलाई मर्का परेको छ भने अदालतको कामकाज समेत प्रभावित हुँदै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !