जनकपुरधाम । कोरोना विरुद्ध खोप लगाएका नेपाली नागरिक मात्र भारत जान पाइनेछ ।
कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाउने सहमति पत्रमा नेपाल भारतबीच सहमति भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने बताए । उनले भने पहिला आवात जावतमा सहज गरिएको थियो, तर अब सहमति कार्यान्वयनक लागि कडाई गरिनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !