जनकपुरधाम । फोहोर व्यवस्थापन गर्न आग्रह गर्दा मेयर लालकिशोर साहकै ईशारामा सरसफाई कर्मचारीले दुव्र्यवहार गरेको भन्दै जनप्रतिनिधिहरुले जनकपुरधाम उपमहानगरपालिकाको मूल गेट र नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
नियमित रुपमा फोहोर व्यवस्थापनको मांग गर्दै नगरप्रमुखको निवास र उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेको घटना तीन सातापछि पुनः फोहोर व्यवस्थापनकै विषयलाई लिएर आज जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन ।
सफाई कर्मचारीहरुले वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र सो वडाका सदस्य पंकज मण्डललाई दुव्र्यवहार गरेकोले आफू जनप्रतिनिधिहरुले नगरप्रमुख साह विरुद्ध विरोध प्रदर्शन गर्दै उपमहानगरपालिकाको मूल गेट सहित उनको कार्यकक्षमा तालाबन्दी गरेको बताएका छन ।
नियमित रुपमा नगरको सरसफाई र वडाभित्र मरेको छाडा चौपाया गाईलाई व्यवस्थापन गर्न भन्न गएका वडाध्यक्ष सिंह र सदस्य मण्डललाई दिनमै मदिरा खाएर लट्ठ भएका सफाई कर्मचारी इन्चार्ज उपेन्द्र साह र श्याम ठाकुरले गाली गलौज सहितको दुव्र्यवहार गरेकाले आफू विरोध प्रदर्शन सहित तालाबन्दी गर्न बाध्य भएको प्रदर्शनमा सहभागी वडाध्यक्षहरुले बताएका छन ।
पिडीत वडाध्यक्ष सिंहले भने गत साता आफ्नो वडामा मरेको गाई व्यस्थापनका लागि स्थानीयसँग १२ हजार रुपैया लिएको र पुनः दुई दिनघि संचय कोषको कार्यालय नजिक गाई मर्दा स्थानीयले व्यवस्थापन गर्न आग्रह गर्दा नटरेपछि आफू भन्न सफाई कर्मचारीद्वयले गाली गलौजसहितका दुव्र्यवहार गरेको छ ।

उने भने आफूलाई मात्र होइन यसअघि मरै वडा सदस्य पंकज मण्डललाई समेत दिउंसै रक्सी खाएर मातिएका सफाई कर्मचारीले मेयर साहको ईशारामा दुव्र्यवहार गरेको थियो । सरसफाईका लागि आफूहरुले निरन्तर रुपमा दबाव दिदै आएको कारण भ्रष्टाचारबाट बच्न आफूहरुलाई मेयर साहले कर्मचारीहरुलाई दुव्र्यवहार गर्न निर्देशन दिएको छ ।
विरोध प्रदर्शनमा सहभागी वडा नम्बर ६ का अध्यक्ष जानकीराम साहले फोहोर व्यवस्थापनका लागि पछिल्लो पटक सहमति गरेपनि हालसम्म सहमति पुरा नगरी त्यसबाट पन्छिन सफाईका नाममा गरेको भ्रष्टाचारबाट उम्किन जनप्रतिनिधिहरुलाई दुव्र्यवहार जस्ता घटनामा अल्झाउन कर्मचारीलाई निर्देशन दिएको आरोप लगाए ।
उनले भने यो पहिलो घटना होइन यसअघि सरसफाईका लागि गाडी र सफाईकर्मी मांग्न जाँदा नगरप्रमुख आफै र कर्मचारीबाट दुव्र्यहार पटक पटक दुव्र्यवहार गर्दै आएको छ । आजपनि कर्मचारीलाई ठाडो निर्देशन दिई हामी जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको हो । मेयरले दोषीलाई कारवाही र नैतिकताको आधारमा राजीनामा नदिएसम्म आफ्नो प्रदर्शन जारी रहने चेतावनी दिएका छन ।
त्यस्तै प्रदर्शनमा सहभागी वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले भने दोषी कर्मचारीलाई कारवाही र नियमित सरसफाई गर्ने व्यवस्था नभएसम्म हामी जनप्रतिनिधिको प्रदर्शन जारी रहनेछ ।
वडा नम्बर १ का अध्यक्ष शत्रुध्न साहले पनि घटनाको विरोध गर्दै दोषीलाई यथाशिघ्र कारवाही र नियमित सरसफाईको वातावरण बनाउन मांग गर्दै भने यस्तै अवस्था कायम रहे भने जनप्रतिनिधिको प्रदर्शन अझ चर्को हुनेछ ।
घटना सम्बन्धमा प्रतिक्रिया लिन मेयर साहलाई पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । नगरप्रमुख साहको विरोधमा उत्रेका जनप्रतिनिधिहरुले नौतिकताको आधारमा नगरप्रमुखले राजीनामा दे, नगर सरसफाईको व्यवस्थापन तत्काल गर, जनप्रतिनिधिलाई दुव्र्यवहार गर्ने कर्मचारीले राजीनामा दे लगायतका नाराबाजी समेत गरेका थिए ।
यसअघि तिहारको पुर्व सन्ध्यामा नगरको सरसफाई नगरिएको भन्दै जनप्रतिनिधिहरुले नगरप्रमुख साहको निवास र उपमहानगरपालिका कार्यालय फोहोर राखेर विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन पश्चात स्थानीय प्रशासनको रोहबरमा उपमहानगरपालिकाका निमित प्रमुख मेहीलाल यादवले तीन दिनभित्र नगरको फोहोर व्यवस्थापन हुने प्रतिबद्धता जनाएका थिए । तर आजसम्म फोहोर व्यवस्थापन हुन नसकेको गुनासो जनप्रतिनिधिहरुको रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !