जनकपुरधाम । महाधिवेशन प्रतिनिधि छनाैटमा नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी गरेकाे आराेप लगाउंदै एमाले कार्यकर्ताहरूले विराेध प्रदर्शन गरेका छन् ।
शनिबार असन्तुष्ट पक्षका एमालेका प्रदेश प्रमुख सचेतक किशोरी साहको अगुवाईमा विराेध प्रदर्शन गर्दै पूर्व मन्त्री समेत रहेका महासेठको विरुद्धमा नारावाजी समेत गरेका छन ।
एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा धनुषा जिल्लामा स्थायी समिति सदस्य रघुवीर महासेठले गुटबन्दी गरेर पुरानाेलाई हटाएर नयां प्राथमिकता कारण उनी विरुद्ध प्रदर्शन गरिएकाे प्रमुख सचेतक किशोरी साहले बताए ।
उनले नेता रघुवीर महासेठले गुटबन्दी गरेको र आसोपासे तथा नातागोता प्राथिकता दिएकाे आरोप लगाउँदै भने, प्रतिनिधि छनाैटमा गरिएकाे मनपरी नसच्याइएसम्म आन्दाेलन जारी रहनेछ ।
महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफ लगायतलाई बेवास्ता गरी एक्लौटी ढंगले निर्णय गरेको भन्दै सोको विरुद्धमा कार्यकर्ताहरू आन्दाेलित भएका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !