जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पनि प्रदेश २ सरकारमा सहभागी भएकाे छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय र एक राज्य मन्त्री दिने सहमतिपछि नेकपा (एस) सरकारमा सहभागी भएकाे हाे ।
केन्द्रीय गठबन्धन सहमति अनुसार सरकारमा जाने कुरा भएपनि मन्त्रालयकाे टुंगाे भागबण्डा नटुंगिदा डेढ महिनादेखि नेकपा एस सरकारमा सहभागिता अन्योल बनेकाे थियो । तर मन्त्रालयकाे लाग्ने बितिकै सरकारमा सहभागी पार्टीले निर्णय गरेकाे कुरा नेकपा (एस) का प्रदेश दलका नेता शत्रुध्न महताेले भने ।
उनका अनुसार मन्त्रालयको टुंगो लागेपछि नेकपा (एस) ले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निर्णय गरेकाे हाे ।
महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।
राज्यमन्त्री कसलाई बनाउने निर्णय हाल भएकाे छैन भने मंसिर ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको सपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।
मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।
यसअघि गठबन्धन सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी भईसकेका छन । माओवादीले आन्तरिक मामिला तथा संचार मन्त्रालयका एक मन्त्री एक राज्यमन्त्री पाएका हुन ।
त्यस्तै कांग्रेसले भाैतिक पुर्वाधार विकास, खानेपानी तथा उर्जा र महिला तथा बालबालिका सहित तीन वटा मन्त्रालय पाइसकेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !