जनकपुरधाम । उत्पादनमा कम गुणस्तर पाइएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारूति सिमेन्ट सहित प्रदेश २ का सिमेन्ट तीन उद्योगलाई कारवाही गरेको छ । विभागका अनुसार सिरहा स्थित मारुति सिमेन्ट लिमिटेड, धनुषा स्थित श्री जानकी केवल ई. प्रा.लि. र बाराको पिलुवा स्थित श्री ग्याँस वान नेपाल प्रा.लि. लाई विक्री वितरणमा रोक्न कारवाही गरिएको छ ।
विक्री वितरण रोक्नुका साथै विक्री वितरणका लागि बजार पठाइएका सामाग्री फिर्ता लिन र १५ दिन भित्र स्पष्टीकरण पेश गर्न कारवाही पत्रमा विभागले उल्लेख गरेका छन ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिमा बजार अनुगमनको क्रममा संकलित नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त वस्तुको नमूना विभागमा परिक्षण तथा उद्योगमा निरिक्षण गर्दा तोकिएको गुणस्तर बमोजिम नपाइएकोले नेपाल गुणस्तर (प्रमाण—चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० बमोजिम कारवाही गरिएको जनाइएको छ ।
सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेडको सिमेन्ट नमूनालाई परिक्षण गर्दा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवल नेपाल गुणस्तर बमोजिम नरहेको र बाराको ग्यास वान नेपाल उद्योगको ग्यासमा सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिन्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाएको छ ।
त्यस्तै धादिङ्गको श्री युनाइटेड सिमेन्ट प्रा.लि. र रुपन्देहीको जगदम्बा सिमेन्ट प्रा.लि.लाई पनि उत्पादनमा गुणस्तर कम पाइएको भन्दै विभागले कारवाही गरेको छ । तिनीहरुलाई पनि विक्री वितरणमा रोक, बजारमा विक्री वितरणमा पठाइएका सामाग्री फिर्ता र १५ दिन भित्र स्पष्टीकरण पेश गर्ने सहित कारवाही गरिएको छ ।
जनकपुरधाम । उत्पादनमा गुणस्तर कम पाइएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारूति सिमेन्ट सहित प्रदेश २ का तीन उद्योगलाई कारवाही गरेको छ ।
विभागका अनुसार सिरहा स्थित मारुति सिमेन्ट लिमिटेड, धनुषा स्थित श्री जानकी केवल ई. प्रा.लि. र बाराको पिलुवा स्थित श्री ग्याँस वान नेपाल प्रा.लि. लाई विक्री वितरणमा रोक्न कारवाही गरिएको छ ।
विक्री वितरण रोक्नुका साथै विक्री वितरणका लागि बजार पठाइएका सामाग्री फिर्ता लिन र १५ दिन भित्र स्पष्टीकरण पेश गर्न कारवाही पत्रमा विभागले उल्लेख गरेका छन ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिमा बजार अनुगमनको क्रममा संकलित नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त वस्तुको नमूना विभागमा परिक्षण तथा उद्योगमा निरिक्षण गर्दा तोकिएको गुणस्तर बमोजिम नपाइएकोले नेपाल गुणस्तर (प्रमाण—चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० बमोजिम कारवाही गरिएको जनाइएको छ ।
सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेडको सिमेन्ट नमूनालाई परिक्षण गर्दा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवल नेपाल गुणस्तर बमोजिम नरहेको र बाराको ग्यास वान नेपाल उद्योगको ग्यासमा सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिन्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाएको छ ।
त्यस्तै धादिङ्गको श्री युनाइटेड सिमेन्ट प्रा.लि. र रुपन्देहीको जगदम्बा सिमेन्ट प्रा.लि.लाई पनि उत्पादनमा गुणस्तर कम पाइएको भन्दै विभागले कारवाही गरेको छ । तिनीहरुलाई पनि विक्री वितरणमा रोक, बजारमा विक्री वितरणमा पठाइएका सामाग्री फिर्ता र १५ दिन भित्र स्पष्टीकरण पेश गर्ने सहित कारवाही गरिएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !