जनकपुरधाम । प्रदेश २ मैं पहिलो पटक फ्री स्टाइल स्टंट एकेडमी जनकपुरमा सुरु भएको छ । झन्डै १५ लाख रुपयाको लागतमा एकेडमी खुलेको छ ।
जनकपुरधाम उप महानगर पालिका वडा नंबर ७ स्थित भ्रमरपूरा जाने बाटोमा साढ़े चार कट्ठाको क्षेत्रमा यो एकेडमी खुलेको हो । आज एक कार्यक्रम विच जनकपुरधाम उप महानगर पालिका वार्ड ७का अध्यक्ष जानकीराम साहले एकेडमीको रिबन काटेर उद्घाटन गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष जानकिराम साहले यो राम्रो सुरुवात भएको बताएका छन । ‘स्पोर्ट्समा युवाको रुझान रहेकोले गर्दा प्रशिक्षक द्वारा नै स्टंटको प्रशिक्षण हुनु धेरै राम्रो रहेको’ वडा अध्यक्ष साहले बधाई दिदै भेने ” यस क्षेत्रमा स्टंटको यो पहिलो एकेडमी रहेको छ ।”
यस अघि काठमाण्डु भक्तपुरको काटूंजे भन्ने स्थानमा स्टंट बोम्स नेपाल स्टंट स्कूल संचालन गरेका धीरज साहले एकेडमी खोलेका छन ।
विगत पांच वर्ष देखी निरन्तर यस क्षेत्रमा लागेको धीरज भविष्यमा पनि स्टंटलाइ नै आफ्नो कैरियर बानाउने लक्ष्य सहित काम अगाडि बताएका छन । स्वयं आफुले पांच वर्ष देखी यस क्षेत्रमा सिक्दै शिकाउदै आएको धीरजले बताए ।
जनकपुरमा मात्र न भएर यस क्षेत्र मैं स्टंट एकेडमी खुलेको पहिलो चोटी हो । एकेडमीमा अहिले जम्मा पांच जना प्रशिक्षक (राइडरहरु) रहेका छन । नयाँ युवा पुस्तालाई लक्षित गरेर एकेडमी खोलिएको जनाइएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !