जनकपुरधाम । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कर करले रहरले बुझाउने वातारण निर्माण गर्न गरेका छन ।
कर दिवस २०७८ को शुभकामना दिँदै मन्त्री साहले सरकारलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने हुँदा करले कर नभई रहरले बुझाउने वातावरण सिर्जना हुनुपर्ने बताएका छन ।
उनले राज्य सञ्चालनको प्रमुख आधार कर भएकाले प्रतिनिधित्व बिना कर लगाउन र सो कर खर्च गर्न नपाउने सर्वमान्य सिद्धान्त भएको उल्लेख गरे ।
स्वच्छ एवम् पारदर्शी तथा करदातामैत्री वातावरण कायम गर्न प्रविधि सुधार गर्ने, क्षमता सबलीकरण गर्ने तथा सेवाप्रवाहको आधुनिकीकरण र सरलीकरणका माध्यमबाट करमा नागरिकको लागत न्यूनीकरण गर्न प्रदेश अर्थ मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री साहले शुभकामना सन्देशमा भनेका छन् ।
घरजग्गा रजिस्ट्रेशन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयमा कर तथा सेवा शुल्क, पर्यटन शुक्ल, दण्ड जरिवाना लगायतका गैरकर लगाउन सक्ने अधिकार प्रदान गरेको समेत साे सन्देशमा जनाइएकाे छ ।
कर दिवसका अवसरमा मन्त्री साहले संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुनबमोजिम कर संकलनमा योगदान पुर्याउनेहरूलाई शुभकामना पनि उनले दिएका छन् ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !