जनकपुरधाम, मंसिर १ गते । भारतका सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालको संविधान उल्लेखित अधिकार कार्यान्वयन नभएसम्म दलितको विकास हुन नसक्ने बताएका छन ।
बुधवार नेपाल भ्रमणमा जनकपुरधाम आएका शास्त्रीले पत्रकारहरुसँगको भेटघाटमा भने, ‘भारतमा भन्दा धेरै ठूलो ३५ करोड संख्यामा दलित समुदाय छन । तिनीहरुको विकासका लागि भारत सरकारले सयौं योजनाहरु ल्याएपछि समुचित विकास भई अहिले राम्रो अवस्थामा छन ।
दलितको उत्थान र विकासका लागि नेपालको संविधानमा धेरै राम्रो व्यवस्थाहरु छन, तर त्यसको कार्यान्वयन हुन नसकेको कारण मात्रै पछाडि पारिएका हुन । संविधानमा उल्लेखित धाराहरु कार्यान्वयनमा आए स्वतः दलितहरुको समुचित विकास हुनेछ ।
भारतीय लोक सभाका पूर्वसांसद समेत रहेका शास्त्रीले आफ्नो राजनीतिक भ्रमण नभएपनि धार्मिम भ्रमणकै क्रममा नेपालका केही राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेका छौं, तिनीहरुलाई दलितहरुको विकास तथा उत्थानका लागि संविधानमा उल्लेखित धाराहरु कार्यान्वयनमा ल्याउन कुरा राखेको उनले बताए ।
प्रवक्ता शास्त्रीले नेपाल भारतबीचको सम्बन्ध प्रौराणिक कालदेखि प्रगाढ रहेकोले धार्मिक, राजनीतिक र सांस्कृति सम्बन्ध अझै प्रगाढ होस भन्ने चाहना रहेको भन्दै भारत सरकार सधैं नेपालमा खुशहाली होस चाहनाका साथ सहयोग गर्दै आएको बताए ।
प्रवक्ता शास्त्री पत्रकारहरुसँग भेटघाट अघि जनकपुरधाममा केही राजनीतिक दलका नेता तथा दलित समुदायका अगुवाहरुसँग भेटघाट समेत गरेका थिए

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !