जनकपुरधाम । एक वडा सदस्य कुटिएपछि जनकपुरधामकाे रूपैठामा लगाइएको निषेधाज्ञा दुई दिनका लागि बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतवार एक सुचना जारी गरी जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रूपैठाका सीमानाकामा लगाएको निषेधाज्ञालाई दुई दिन थप गरिएकाे जनाएकाे छ ।
सुरक्षा अवस्थाकाे दृष्टिगत गर्दै कुनै प्रकार भेला, सभा, सम्मेलन, जुलुस, प्रदर्शन, घेराउ र रैली सहितका कार्यक्रममा नगर्न/गराउने गरि रूपैठाकाे चारकिल्ला क्षेत्रमा आइतवार राति १० बजेसम्मका लागि लगाइएकाे निषेधाज्ञा कातिक ३० गते मंगलवार राति १० बजेसम्मका लागि निरन्तरता दिइएकाे सुचनामा भनिएकाे छ ।

जनकपुरधाम उपमहानगरपालिका २० रूपैठामा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दु मुस्लिम समुदायबिच विवाद भएको थियो ।
सोही विवाद शनिवार उग्ररुप लिई झडप हुंदा स्थानीय प्रशासनले शनिवार दिउंसाे २ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी वास्ताेलाले शान्ति सुरक्षाकाे दृष्टिगत गर्दै निषेधाज्ञा बढाइएकाे बताएपनि वडा सदस्य महावीर महताेलाई भएकाे घटनाले अवस्था बिग्रिन सक्ने देखेर निषेधाज्ञा बढाइएकाे बुझिएकाे छ ।
मुस्लिम समुदायका व्यक्तिहरू रूपैठा नीम चाेक वडा सदस्यलाई साेही विवादलाई लिएर कुटपिट गरि घाइते समेत बनाएका थिए । वडा सदस्य महताेकाे घटना पश्चात् दुवै समुदायबीच पुनः झडपकाे अवस्था श्रृजना भएकाे थियाे । पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !