जनकपुरधाम । प्रदेश २ सरकार विस्तारकाे क्रममा पुनः एक मन्त्रीलाई राजीनामा दिलाएर नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराउन लागिएकाे छ ।
मुख्यमन्त्री लालबाबु राउतले उद्याेग, पर्यटन वन तथा वातारण मन्त्री वा सामाजिक विकास मन्त्री मध्ये एक जनालाई राजीनामा दिलाएर नेकपा (एस) लाई केन्द्रीय गठबन्धन अनुसार सरकारमा सहभागी गराउन लागेकाे हाे ।
मुख्यमन्त्री कार्यालय श्राेतका अनुसार उद्याेग, पर्यटन वन तथा वातावरण मन्त्रालय र प्रदेश मामिला तथा न्याय कानुन मन्त्रालय दिइने सहमति भएकाे छ । ती श्राेतका अनुसार उद्याेग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायलाई मुख्यमन्त्री लालबाबु राउतले निर्देशन समेत दिएका छन ।
तर नेकपा (एस) दलका नेता शत्रुध्न महताेले सरकार सहभागी हुने टंगाे लागिसकेकाे छ, मन्त्रालय बारे भाेली बेलुकासम्म निर्णय हुनेछ ।
उनले भने सहमति अनुसार आफुहरूले सामाजिक विकास र उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मध्ये एउटा र टुक्राइएका वाणिज्य तथा आपुर्ति र प्रदेश मामिला तथा न्याय कानुन मन्त्रालय मध्ये एउटा गरि दुईवटा मांग गरेका थियाै, त्यसमै कुराे अडकिएकाे छ । तर भाेलीसम्म केन्द्रीय स्तरमै बैठक गरि टुंगाे लगाइनेछ ।
मुख्यमन्त्री राउतले यसअघि आफुहरूलाई टुक्राइएका वाणिज्य तथा आपुर्ति र प्रदेश मामिला तथा न्याय कानुन मन्त्रालय लिन प्रस्ताव राख्दै आएकाे थियाे । तर आफुहरूले कामै गर्न नसक्ने खालका मन्त्रालय नलिने अडान लिएकाे कारण कुरा लम्बिदै गएकाे थियाे, अब मुख्यमन्त्रीज्यु मांग अनुसार एउटा र टुक्राइएका मध्ये एउटा मन्त्रालय दिने सहमत भएकाे उनले जनाए ।
केन्द्रीय गठबन्धन अनुसार यस अघि जसपाबाट अलगिएका लाेसपाका जितेन्द्र साेनलकाे ठाउंमा भाैतिक पुर्वाधार विकास मन्त्रीमा रामसराेज यादव सहित महिला, बालबालिका तथा ज्येष्ट नागरिक र खानेपानी तथा उर्जा गरि तीनवटा मन्त्रालय दिएर कांग्रेसलाई सरकारमा सहभागी गराएका छन ।
त्यस्तै आफ्नै पार्टीका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सराेज कुशवाहालाई राजिनामा दिलाएर आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरत साह र राज्य मन्त्रीमा रूबी कर्णलाई नियुक्त गरि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराइसकेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !