जनकपुरधाम । रामचन्द्र झालाई नेकपा एकीकृत समाजवादी पार्टीले पार्टी प्रवेश अघि नै केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी प्रवेश गर्ने कुरा चलिरहेकै बेला झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट औपचारिक रूपमा एस प्रवेश गर्नुअघि नै बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।
गठबन्धन सरकारले हालैमात्र बंगलादेशको राजदूतबाट फिर्ता बोलाएका डा.बंशीधर मिश्रलाई बैठकले पार्टी स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । मिश्र यसअघि
एमाले केन्द्रीय कमिटी सदस्य हुन् ।
बैठकले डडेलधुराबाट नेकपा एमाले त्यागेर एसमा प्रवेश गरेका डा. तारा जोशी, नेकपा माले त्यागेका कुलप्रसाद फुयाँल, निलमणि बराललगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !