Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रुपैठामा हिन्दु मुस्लिम समुदायबीच झडप, ६ घाइते, निषेधाज्ञा जारी


रुपैठामा हिन्दु मुस्लिम समुदायबीच झडप, ६ घाइते, निषेधाज्ञा जारी

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दु मुस्लिमान समुदायबीच झडप भएको छ ।

गत दुई दिनअघि जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्वमा मनाउन हिन्दु धर्मावलम्बीहरुलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद बढदै भएकाे झडपले दंगाकाे सम्भावना बढेकाे छ ।

दुवै पक्षको विवाद उग्र लिई झडप हुँदै दंगामा परिणत हुने सम्भावना देखेर सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनामा चारजना सशस्त्र प्रहरी, एक नेपाल प्रहरी र एक स्थानीय महिला सहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक वसन्त रजौरेले जनाएको छ ।

प्रहरीमाथि समेत आक्रमण गर्न थालेपछि तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौ राउण्ड आश्रुग्यास प्रहार गरिसकेको छ । एक/डेढ घण्टा तनावपूर्ण अवस्था रहेपनि दुवै पक्षले संयमता अपनाएपछि अवस्था साम्य भएको प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलाले जनाएको छ ।

उनले भने केही व्यक्ति एक अर्काको घेराबन्दीमा पनि रहेपनि तिनीहरुलाई निकाल्ने काम भइरहेको छ । अप्रिय दुर्घटना हुन नदिन रुपैठा सहित चारै कुनामा व्यापक संख्यामा प्रहरी परिचालन र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलाले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयद्वारा तनावपुर्ण अवस्थाको दृष्टिगत गर्दै आज २ बजेदेखि भोली राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । रुपैठा प्रवेश गर्ने चारै नाका पुर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबादो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म प्रवेश निषेध गरिएको छ ।

गत २४ गतेका दिन स्थानीय तेलिया पोखरीमा हिन्दु समुदायले छठ मनाउन घाट बनाउन लाग्दा मुस्लिम समुदायका व्यक्तिहरुले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । सो दिन लाठी, भाला, गर्छीले भएको दुई पक्षीय झडपमा परी चारजना घाइते भएको थियो ।

सो विवाद सल्टिन नपाउंदै आज हिन्दुवादी संगठनले जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठामा गएका थिए । प्रदर्शन पश्चात पुनः दुवै समुदायबीच विवाद हुँदै उग्ररुप लिई साम्प्रादयिक दंगामा परिणत भएको थियो । हिन्दुवादी संघ संगठनले प्रदर्शन गर्दै रुपैठा छिर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेर रोकेपनि त्यसको केही क्षिणपछि विवाद उग्र लिएको थियो । अहिले रुपैठामा हिन्दु र मुस्लिम समुदाय विच झडप जारी नै रहेको छ भने जनकपुरधाम जटही सडक खण्ड पुर्णरुपेण प्रहरीले बन्द गरिएको छ ।

स्थानीय ओम प्रकाश पण्डितले मुस्लिम समुदायका व्यक्तिहरुले आफूहरुको घर घरमा घुसेर कुटपिट गरिरहेको छ । मुस्लिम बाहुल्य क्षेत्र भएको कारण कुनैपनि समय अप्रिय घटना हुन सक्ने उनको भनाई छ । हुनत सुरक्षाका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।

किन हुँदै आएको छ विवाद

स्थानीय तेलिया पोखरीको चारैतिरबाट दुवै समुदायले अतिक्रमण पारेका छन । सडक छेउ निर मुस्लिम समुदायले अतिक्रमण गरी त्यसमा पहिला दाहा राख्ने गरेको थियो, तर केही दिनयतादेखि कुखुराको मासु पसल संचालन गर्दै आएको छ ।
हिन्दु समुदायले सोही ठाउँमा छठ मनाउन जाँदा मुस्लिम समुदायले आफ्नो जग्गा रहेको भनी छठको घाट बनाउन नदिने, घाटमा कुखुराको प्वाँख फाल्ने लगायतका कार्य गरेर प्रत्येक वर्ष अवरोध गर्दै आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो पोखरीलाई जिर्णोद्धार गर्न नसक्दा दुवै समुदायका व्यक्तिले अतिक्रमण गरेर बसेको कारण विवाद हुँदै आएको विवाद हुँदै आएको वडाध्यक्ष भोगेन्द्र झाले बताएका छन ।
उनले यसमा प्रमुख दोषी जनकपुरधाम उपमहानगरपालिका रहेको भन्दै पोखरीलाई व्यवस्थापन गर्न अतिक्रमण मुक्त नगरेसम्म विवाद कायमै रहने बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव