काठमाडौ । मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन नगर्न÷गराउन तथा होर्डिङबोर्ड हटाउन विज्ञापन बोर्डले चेतावनी दिएको छ ।
बोर्डका प्रशासकीय अधिकृत दिलीपकुमार महर्जनले एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन । जारी विज्ञप्तिमा भनिएको छ, मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन तथा होर्डिङबोर्ड मार्फत विज्ञापन गराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
कानुनतः मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन । जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा भनिएको छ, ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायत मानवस्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन,’ भनिएको छ ।
तर, होर्डिङ बोर्ड मात्र होइन, नेपालका कतिपय ठूला मिडिया भनिने सञ्चारमाध्यमले प्राथमिकताका साथ मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन सम्प्रेषण गर्दै आइरहेका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !