Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कानून निर्माणमा पनि प्रदेश २ सरकारको मनपरी

जनताको सरोकारलाई बेवास्ता, कार्यकर्ता भर्ती कानूनलाई प्राथमिकता


प्रदेश २ सरकारले पनि कर्मचारी भर्नाको बाटो खोल्यो

जनकपुरधाम । प्रदेश २ सरकारले कानून निर्माणमा जनता सँग प्रत्यक्ष सरोकार राख्नेलाई बेवास्ता गरी आफू अनुकुलका कार्यकर्ता भर्ती गर्ने खालका कानूनलाई मात्र प्राथमिकता दिइएको आरोप लगाइएको छ ।

प्रतिपक्षी दल सहित सत्तारुढ दल समेतले सरकार कानून निर्माणमा जनतासँग प्रत्यक्ष सरोकार राख्नेलाई बेवास्ता र कार्यकर्ता भर्ती गर्ने खालका कानूनलाई प्राथमिकता दिएको आरोप लगाएका छन । उनीहरुले सरकारका नेतृत्वकर्ता मुख्यमन्त्रीको पार्टी प्रतिको निहित स्वार्थका कारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानूनलाई बेवास्ता गरिदै आएको बताएका छ ।

ईकागजमा प्रकाशित समाचारमा सत्तारुढ दल नेपाली कांग्रेसका दलका नेता एवं भौतिक पुर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले आफ्नो दल सरकारमा सहभागी भएपनि हाउस संचालन र कैबिनेटमा निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा निहित भएको कारण यस्तो अवस्था रहेको बताए हुन ।

उनले भने कार्यकर्ता भर्ती गर्ने गरी विभिन्न समिति, प्रतिष्ठान र आयोग गर्ने खालका कानून निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको कुरामा ध्यान दिएको हो । विगतमा प्रतिपक्षी दलको भूमिकाको रहेको बेलादेखि हाल सरकारमा रहेको अवस्थासम्म मुख्यमन्त्रीलाई हाउस नियमित संचालन गर्न र जनतासँग प्रत्यक्ष सरोकार राख्ने अड्किाएका कानून निर्माणका लागि ताकेता गर्दै आएपनि बेवास्ता गरिदै आएको छ ।

मन्त्री यादवले हाउस संचालनका अति महत्वपूर्ण मानिएका प्रदेश सभा संचालन र यातायात विकास बोर्ड स्थापना सम्बन्धी विधेयक पारित गराउन पटक पटक ताकेता गर्दै आएपनि तीन वर्षदेखि विषयगत समितिमै थन्काएर राखेका छन । सो विषयगत समितिमा पनि मुख्यमन्त्रीज्यूको दलका माननीय सभापति भएको कारण आफूहरुले केही गर्न नसकेको गुनासो पोखे ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका दलका नेता जितेन्द्र सोनलले पनि प्रदेश सरकारले कार्यकर्ता भर्ती गर्ने र भ्रष्टाचार गर्ने खालका कानूनलाई प्राथमिकता दिएको आरोप लगाएका छन । नेता सोनलले भने प्रदेश सरकारका मुखिया भनिने मुख्यमन्त्री ज्यूले अर्थ र विनियोजन विधेयक बाहेक मन्त्री, जनप्रतिनिधिको सेवा सुविधा पाउने गरी प्रत्यक्ष लाभ हुने, कार्यकर्ता भर्ना गर्न समिति, प्रतिष्ठान र आयोग गर्न सक्ने खालका कानून मात्र निर्माण गरेका छन ।

तर उनले भने जनतासँग प्रत्यक्ष सरोकार राख्ने यातायात संचालन, बिउ विजन, उच्चा शिक्षा व्यवस्थापन लगायतका दर्जनौ ड्राफ्ट गरिएका विधेयक हाउसमा लग्न निर्णय गरेपनि मन्त्रालय र विषयगत समितिमा थन्काए राखेका छन ।

विगतमा तपाई पनि सरकारमा सहभागी हुनु भएको यस बारे किन बोल्नु भएन भन्ने प्रसंगमा उनले भने आफ्नो पार्टी सरकारमा रहेको बेला मन्त्रिपरिषदको बैठकमा पटक पटक ताकेता गरेपनि, निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमै निहिन भएको कारण मुख्यमन्त्री लालबाबु राउतले आफूहरुको कुरालाई बेवास्ता गरी पार्टीका कार्यकर्तालाई भर्ती गर्ने खालका कानूनलाई मात्र प्राथमिकता दिएको उनले आरोप लगाए ।

प्रदेश सभा नियमित संचालन हुन नसक्दा र मुख्यमन्त्री राउतको पार्टी कार्यकर्ताप्रतिको मोह र भ्रष्टाचार गर्ने निहित स्वार्थका कारण प्रदेशको विकास र जनतालाई प्रत्यक्ष सरोकार राख्ने खालका कानून निर्माणमा विगतमा पनि ढिलाई र अहिले पनि बेवास्ता गरिदै आएको छ ।

प्रदेश सरकारका प्रवक्ता शैलेन्द्र साहले यस प्रसंगमा भने कार्यकर्ता भर्ती केन्द्र खालका कानूनलाई मात्र सरकारले दिएको भन्ने आरोप गलत ठहर गर्दै भने सरकारले आवश्यकता अनुसारको कानूनलाई प्राथमिकता दिएको छ, बाँकी रहेका कानून पनि हाउस संचालन भएपछि छलफलका लागि लग्नेछु ।

जनता जनतालाई प्रत्यक्ष रुपमा लाभ पाउने कानून निर्माणका लागि प्रदेश सरकारले २०७५ सालमै प्रदेश सभामा लग्ने सैद्धान्तिक सहमति दिएका एक दर्जनभन्दा बढी विधेयक हालसम्म प्रदेश सभामा लगिएको छैन भने ड्राफ्ट गरिएका कयौं विधेयक मन्त्रालयमै थन्किएको छ । तर त्यसपछि ड्राफ्ट तया गरिएका कार्यकर्तालाई रोजगारी दिने गरी विभिन्न समिति, आयोग र प्रतिष्ठान गर्ने खालका विधेयकहरु पारित गरी कानून समेत निर्माण गरिसकेका हुन ।

प्रदेश सरकारले २०७५ सालमा मन्त्रिपरिषदको बैठकबाट सरकारले लैङ्गिक तथा हिंसा नियन्त्रण गर्न बनेको विधेयक, सुनचाँदी व्यवसायीलाई व्यवस्थित गर्न, प्रादेशिक बिउ विजन, प्रादेशिक मल, उच्च शिक्षाको व्यवस्थापन तथा नियमन, प्रदेश सुशासन प्रत्याभूति, अन्तर प्रदेश वासिन्दाको समान सुरक्षा र व्यवस्था लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने खालका विधेयकमा सैद्धान्तिक सहमति दिएको थियो ।

त्यस्तै प्रदेश प्रशासन, प्रदेश आर्युविज्ञान संस्थानको सम्बन्धमा, वैदेशिक रोजगारीमा जाने व्यक्तिको सामाजिक सुरक्षा सम्बन्धमा, प्रदेश खेलकुद विकासको सम्बन्धमा, प्रदेशस्तरमा अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था सहितका विधेयकहरुमा सैद्धान्तिक सहमति दिइपनि प्रदेश सभामा कानून निर्माणको प्रक्रिया अघि बढाइएको छैन ।

यति मात्र होइन प्रदेश सभा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता, जाँचबुझ आयोग गठन, मदरसा शिक्षा बोर्ड गठन, प्रादेशिक सवारी तथा यातायात व्यवस्थापन, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र संचालन, प्रदेश सहकारी र कर तथा गैर कर राजश्व लगाउने सम्बन्धमा व्यवस्था गर्न बनेका महत्वपूर्ण विधेयकहरु विषयगत समितिहरुमा २०७५ सालदेखि नै थन्किएको छ ।

प्रदेश सरकारले हालसम्म ४३ वटा विधेयक प्रमाणीकरण गराई कानून निर्माण गरिसकेका छन भने दुई वटा विधेयक पारित भई प्रमाणीकरणका लागि बाँकी छन । यी मध्ये आयोग, समिति र प्रतिष्ठान गठन गर्न सक्ने खालका लोक सेवा आयोग, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन, प्रादेशिक दुग्ध विकास बोर्ड, जनलोकपाल दलित सशक्तिकरण, प्रदेश सञ्चार लगायतका कानून प्रमुख र आवश्यकता भनेर निर्माण गरेर गठन पनि गरिसकेका छन ।

आर्थिक र विनियोजन बाहेक मन्त्रि, जनप्रतिनिधि र सरकारलाई प्रत्यक्ष लाभ हुने खालका स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका मन्त्रीले पाउने सेवा सुविधा, प्रदेश सभाका पदाधिकारीले पाउने सेवा सुविधा, प्रदेश प्रहरी सेवा, मुख्य न्यायधिवक्ताको सेवा शर्त, प्रदेश वितिय हस्तान्तरण लगायतका कानून निर्माण गरेका छन । साभार : इकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७८ कार्तिक २६, शुक्रबार १७:५८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७८ कार्तिक २६, शुक्रबार १७:५८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७८ कार्तिक २६, शुक्रबार १७:५८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ कार्तिक २६, शुक्रबार १७:५८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ कार्तिक २६, शुक्रबार १७:५८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ कार्तिक २६, शुक्रबार १७:५८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव