जनकपुरधाम । धनुषामा एक यात्रुवाहक बस दुर्घटना हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन ।
बुधवार बिहान ८ बजे पश्चिम दाङबाट विराटनगर पुर्व तर्फ गइरहेको धनुषाधाम नगरपालिका ६ मालटोल नजिक भएको ना ६ ख ७१०२ नम्बरको बस दुर्घटनामा परी १२ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
पूर्व–पश्चिम राजमर्गमा मालटोल नजिक अनियन्त्रित भई दुर्घटना हुँदा २० फिट तल खसेको र आगलागी समेत भएको थियो । समयमै प्रहरीको उद्धार टोली घटना स्थलमा पुग्दा ठूलो मानवीय क्षति हुन सकेन । तर बस जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा सुनसरीको धरान नगरपालिका वडा नं. १६ का ४२ वर्षीया मुना सुवेदी, इटहरी नगरपालिका वडा नं. ४ की ३७ वर्षीया रेखा डाँगी, रुकुमको त्रिवेणी नगरपालिका वडा नं. ९ का ६० वर्षीय डाडाबिर डाङी, २८ वर्षीय कृष्ण बहादुर ओली, दाङको मुसुरे गाउँपालिका वडा नं. ३ का २४ वषीय शिव कुमार चौधरी, सल्याणको बनगाङ कपिण्डे नगरपालिका वडा नं. ८ का २३ वर्षीय टिका डिसी रहेको छ ।
त्यस्तै झापाको मेची नगरपालिका वडा नं. १ का २८ वर्षीय कल्याण आचार्य, सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ की ४१ वर्षीया शान्ति कार्की, मोरङको रङगेली नगरपालिका वडा नं. ८ की ३६ वर्षीया संजिता आचार्य, ३१ वषीया बालिका डिसी र प्युठानको माणडवी गाउँपालिका वडा नं. २ का २४ वर्षीय केशव घर्ती मगर रहेको छ ।
उनका अनुसार घाइतेहरु मध्ये अधिकांश शरीर आगोले पालेको छ भने उनीहरुको उपचार मोडेल अस्पताल लालगढ तथा भोगेन्द्र मेडिकल पुष्पवलपुरमा भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !