जनकपुरधाम । मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताएका छन ।
मंगलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न ज्ञापन पत्र मार्फत गरिएको मांगलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले यस्तो बताएका हुन ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरु सम्बोधन गरेकोले मैथिली भाषाको विकास तथा सम्बद्धर्नका लागि पनि ठोस कदम चाल्नेछ विश्वास व्यक्त गरे ।
गृहमन्त्री खाँड भने पार्टी सभापति देउवा प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिकको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी÷जनजाति, महिला र दलित लगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निर्णय गरेको बताउंदै मैथिली भाषाको विकासका लागि आयोग गठन सम्बन्धी निर्णय गर्नुहुन्छ ।
कार्यक्रममा उनले मैथिली भाषा, संस्कार पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेको र यसको म सम्मान गर्छु, मैथिला र मैथिली मैथिली भाषिकका लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना रहेको बताए ।
मैथिली भाषाको विकास र सम्बद्र्धनका लागि छुट्टै आयोग गठन गर्न माँग सहित मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले गृहमन्त्री खाँडलाई ज्ञापन पत्र बुझाएका थिए ।
सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रहरी प्रशासनले उद्योगी व्यवसायीहरुको पारीबाट ल्याएको भनी मालसामान नियन्त्रण नियन्त्रणमा लिई झुठा आरोप लगाएर मुद्दा चलाउने लगायतका कार्य रोक्नुपर्ने मांग सहित समेत ज्ञापन बुझाएका थिए ।
कार्यक्रममा धनुषा र सिरहा जिल्ला जोडने कमला पुलमा गुणस्तरहीन काम भएको कारण निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेकोले अविलम्ब उच्चस्तरीय छानबीन आयोग गठन गर्न मांग सहित बुझाइएको ज्ञापन पत्रमा गृहमन्त्री खाँडले सम्बन्धित मन्त्रालयलाई उच्च स्तरीय छानबीन समिति गठन गर्न समन्वय गर्ने प्रतिबद्धता जनाए ।
यसअघि गृहमन्त्री खाँडले माता जानकीको दर्शन तथा पुजापाठ गर्न जानकी मन्दिर गएको बेला संचारकर्मीहरुसंग कुरा गर्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरेको अवरोध तत्काल अन्त्य गर्न आग्रह गरे ।
प्रतिनिधिसभामा जनताका गुनासा, समस्या लगायतका कुराहरु जनप्रतिनिधिहरुले राख्ने थलो रहेकाले छलफल र संवाद मार्फत अवरोध हटाउन सरकार तयार रहेको बताए । सरकार छलफल मार्फत गतिरोध अन्त्य गर्न तयार रहेको भन्दै गृहमन्त्री खाँडले ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, राजनीतिकरुपमा देखिएको गतिरोधलाई अन्त्य गर्न भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !