जनकपुरधाम । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जात वा समुदायकाे आधारमा नभई राष्ट्र हांक्ने सक्ने क्षमता भएका व्यक्तिलाई पार्टी सभापतिकाे जिम्मेवारी दिनु परयाे बताएका छन ।
जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले पछिल्लो समय पार्टी नै अस्तव्यस्त भई सकेको छ, त्यसलाई व्यवस्थित बनाउने पहिलो प्राथमिकतामा रहेको बताए ।
लोकतन्त्रमाथी समेत खतरा बढ्दै गईरहेको बेला ‘अहिले पार्टी समेत अस्तव्यस्त छ यस्ताे अवस्थामा पार्टी व्यवस्थित बनाएर लाेकतन्त्रलाई बचाउन सक्ने क्षमता भएका व्यक्तिलाई सभापतिकाे जिम्मेवारी दिनुपर्छ न कि कुनै विशेष जात वा समुदायकाे आधारमा’ पत्रकारहरूकाे जिज्ञासा उनले भने ।
पार्टीलाई व्यवस्थित बनाउनका लागि पुस्तान्तरण भन्दा पनि रुपान्तरणको आवश्यक्ता रहेको पौडेलले बताए । उनले पार्टी भित्र पुस्तान्तरणको चर्चा चलिरहेको छ तर अहिले आवश्यक्ता रुपान्तरणको हो ।
पार्टी भित्र सबैलाई एक ढिक्का बनाएर अगाडी बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेबारी दिइनु पर्नेमा जोड दिए । उनले भने ‘पार्टीको सभापतिको जिम्मेबारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबण्डाको आधारमा दिइनु पर्छ ।
पार्टी महाधिवेशन कार्यतालिकाको विषयमा कुरा गर्दै पौडेलले यो अन्तिम कार्यतालिका हो मंसिर २४ गते भित्रै पार्टी महाधिवेशन हुन्छ, अब महाधिवेशन कार्यतालिकामा कुनै पनि हालतमा हेरफेर हुँदैन, उनले भने ।
एक प्रश्नमा बरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिंगको आधारमा प्रधानमन्त्री नबनेको दावी गरे । उनले देउवा संविधानको मर्म तथा विधि प्रकृया अनुसार नै प्रधानमन्त्री बनेको बताए । यद्यपि सरकारले गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने ‘ सरकारले गति लिन सकेको छैन, सरकारले पूर्णता पाएको छ विश्वास गरौँ चाँडै नै कामले पनि गति लिन्छ ।’
न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई थियो । पौडेलले पार्टी भित्र चाँडै छलफल गरेर पार्टीको धारणा बनाएर चाँडै न्यायपालिकामा देखिएको समस्या यसको समाधानका उपायहरुको विषयमा सार्वजनिक गरिने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !