जनकपुरधाम । मुलुकको समृद्धि र विकासका लागि शासक होइन व्यवस्था परिवर्तन हुनु जरुरी रहेको कुरामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जोड दिएका छन ।
सोमवार जनकपुरधाममा जसपा नगर समितिद्वारा दशैं, दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने मुलुक पछाडि पर्नुको प्रमुख कारण शासक मात्र परिवर्तन भई व्यवस्थामा परिवर्तन नहुनु हो ।
उनले वर्तमान सरकारको उदाहरण दिदैं भने ओलीलाई कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनाइयो तर, तर जनताले सरकार परिवर्तनको अनुभुति गर्न सकेको छैन, जसको प्रमुख कारण सत्तामा बस्ने व्यक्ति मात्र परिर्वतन भएको छ तर व्यवस्था उस्तै रहेको कारण बदलाव आएको देखिएको छैन ।
व्यवस्था परिवर्तनका लागि प्रमुख रुपमा राजनीतिक, आर्थिक र समाजिक परिवर्तन संगै निर्वाचन प्रणाली, न्याय प्रणाली, संघीय संरचनामा बदलाव आवश्यक रहेको उनले भने ।
अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुदैन तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ । उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृति र व्यवहारमा परिवर्तन हुन आवश्यक छ ।
उनले पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्छ । पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू भए देशमा निर्वाचन खर्च घटनुका साथै महगाई समेत नियन्त्रण हुने र राजनीतिकमा तल्लोस्तरका व्यक्तिदेखि माथिल्लो स्तरका व्यक्तिसम्मको पहुँच हुनेछ ।
अहिले निर्वाचन खर्चिलो भएको कारण गरीब तप्काका व्यक्ति चाहेर पनि निर्वाचनमा सहभागी हुन सकिरहेका छैनन, यदि पुर्ण समानपातिक निर्वाचन प्रणाली लागू भएको अवस्थामा सबै तप्का र वर्गका व्यक्तिको राजनीतिमा पहुँच हुनेछ ।
प्रत्येक निर्वाचनपछि महँगाई बढने गरेको भन्दै अध्यक्ष यादवले ठूलठूला पार्टीलाई पुँजीपति वर्गहरुले दुई अर्ब लगानी गरेर ५० अर्ब रकम असुल्न देशमा हरेक सामानको मूल्य बढाएर चर्को महँगाई गर्दै आएको छ । पुँजीपति वर्गसँग आर्थिक सहयोग लिएका दल सरकारमा पुगेपनि महँगाई विरुद्ध केही नबोली उल्टै सहयोग गर्दै आएका आरोप लगाए ।
न्याय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणाली सहितका सामाजिक परिवर्तन हुन जरुरी छ । अध्यक्ष यादवले प्रष्टयाउंदै भने अहिले एकात्मक न्याय प्रणाली छ यसलाई सबैको पहुँच हुने गरी संघीय न्याय प्रणालीमा परिवर्तन गर्नुपर्छ । संघीय संरचना अनुसार एकात्मक होइन संघीय प्रणाली अनुसार प्रदेशलाई शक्तिशाली बनाउन जरुरी छ ।
यसका साथै अध्यक्ष यादवले देशका मूल आयश्रोत कृषिको बदलावमा परिवर्तन ल्याएर आर्थिक परिवर्तन गर्न आवश्यक छ । जबसम्म कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरिदैन तबसम्म आर्थिक परिवर्तन सम्भव छैन । कृषिमा राज्यले लगानी गरे बेरोजगारीका साथै आर्थिक समस्या पनि दूर हुनेछ ।
सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वन तथा वातावरण मन्त्री रामनरेश राय, कृषि मन्त्री विजय यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायतका वक्ताहरुले पनि शुभकामना व्यक्त गर्दै आ आ आफ्ना धारणा राखेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !