जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका प्रमुख राजेश गुप्तालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको मांग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीको पुर्वनिर्धारित जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने असफल भएको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले कार्यक्रम सफल पार्न निकै प्रयास गरेपनि जिल्ला प्रहरी कार्यालयको वरिपरि र नगरका चोक चोकहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरेको असफल हुन गयो ।
जिल्ला प्रहरी कार्यालयसम्म पुग्न त परै जाओस चोकहरुमा समेत विरोधका कार्यक्रम भव्यता रुपमा सफल गर्न दिएन । हुनत दिउंसोतिर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न जाने जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलित इन्जिनीयरहरुसँग जम्का भेट भएपछि मुठभेडका अवस्था श्रृजना भएपछि प्रहरीले तिनीहरुलाई लखेटेर भगाएका थिए ।
विगतका दिनमा प्रहरीलाई छलेर सयौंको संख्यामा छापामार शैलीमा आफ्ना विभिन्न कार्यक्रम गर्न सफल भएपनि यसपटक चाहि सिके राउत असफल भएको छ । सिके राउतका सचिवालयले बिहीवार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने भनी गाउँ गाउँ र घर घरबाट मान्छेलाई आउन सूचना जारी गरेपनि कुनैपनि चोकमा भीड जुटाउन उनीहरु सकेन ।
जिल्ला प्रहरी कार्यालय घेराउ गर्न नसकिएपनि फाटफुट रुपमा केही चोकहरुमा प्रक्रिया पुरा गर्ने न्यून संख्यामा सामान्य विरोध सभा कार्यक्रम गरेका छन । खानेपानी प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा सिके राउतको जनमत पार्टीका १७ जना कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन । तिनीहरु विरुद्ध प्रहरीले राज्य उपद्रवी मुद्दा चलाउने तयारीमा छन । शुक्रवार नै मुद्दा दर्ता गराउने भनिएपनि थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको छ ।
जनकपुरधाम वडा नम्बर ८ बलुवा टोल स्थित आफ्नो निवास जानेबाटो निर्माण नगरेको भन्दै जनमतका कार्यकर्ताहरुले जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख राजेश्वर कुशवाहाल कुटपिट सहित अर्धनग्न गरी बिहीवार नगर परिक्रमा गराएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !