जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरूले गरेकाे दुर्व्यवहार घटनाकाे भर्त्सना गर्दै मन्त्री तथा सांसदहरूले दाेषीलाई कडाभन्दा कडा कारवाही गर्न मांग गरेका छन ।
प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्र साहले राष्ट्र सेवक कर्मचारी खानेपानी जनकपुरका प्रमुख कुशवाहालाई अर्धनग्न गरि नगर परिक्रमा सहितका दुर्व्यवहार गर्ने शक्ति तथा समूहका अराजक, उपद्रवी र निन्दनीय कार्य रहेकाे भन्दै घोर भत्र्सना गरेका छन ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सभ्य, सुसंस्कृत र संस्कारी समाजको परिकल्पना विपरीत अनुशासनहीन, असंयमित र आतंकपोषक आतातायीहरूको अमानवीय तथा अवाञ्छित गतिविधिलाई किमार्थ स्वीकार नहुने बताएका छन ।
व्यक्तिको अस्तित्व, आत्मसम्मान र मर्यादाको मानमर्दन हुने गरी आज भएको घटनामा संलग्नहरूमाथि कडाभन्दा कडा कार्बाही गर्न प्रदेश सरकारले सरोकारवालालाई निर्देशन दिएको जनाएकाे छ ।
जहाँ सही र गलत छुट्याउने विवेकशुन्य हुन्छ । राज्यमा हरेक समस्या समाधान गर्ने संस्था र संयन्त्र हुन्छन् । जसमाथि विश्वास र भरोसा गर्नुपर्ने हुन्छ । तर, आज जसरी जनमत पार्टीका कार्यकर्तारूले कानुन हातमा लिएर कथित न्याय गर्ने नाममा सार्वजनिक आतंक मच्चयाएका छन्, यसले यो पार्टी अधिनायकवादी, व्यक्तिपूजक, संकीर्ण अहंकारवादी र जनविरोधी रहेको प्रस्ट भएकाे उनले भनेका छन ।
घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक वा सामाजिक आन्दोलनका नामा उनमुक्ति नदिइने प्रतिबद्धता व्यक्त गर्दछु । तसर्थ यसकारणले विचलित नहुन र आफ्नो मनोबल कमजोर नपार्न राष्ट्रसेवक कर्मचारीहरूसँग आग्रह समेत मन्त्री साहले गरेका छन ।
अविलम्ब कारवाही हाेस : पुर्व राज्यमन्त्री कुशवाहा
त्यस्तै प्रदेश सरकारका पुर्व राज्यमन्त्री सराेज सिंह कुशवाहाले पनि घटनाकाे भर्त्सना गर्दै दाेषीहरूमाथि कडा भन्दा कारवाहीकाे मांग गरेका छन ।
लाेकपुकारसंग कुरा गर्दै उनले भने राजनितिक आवरणमा व्यक्तिगत स्वार्थका लागि भ्रष्टाचार नियन्त्रणकाे नाममा कुनै निमुखा राष्ट्रसेवकलाई कुटपिट गर्दै अर्धनग्न गरि बजार घुमाउनु कार्य कानूनी राज्यकाे उपहास हाे दाेषीलाई अविलम्ब कारवाही हुनुपर्छ ।
राजनीती दलकाे नाममा अपराधिक र अमानवीय कार्य गर्नु गलत हाे । आज यी अपराधीहरूलाई कारवाही गरिएन भने भाेलीका यिनीहरूकाे मनाेबल अझै बढन सक्छ र कुनै कर्मचारी वा व्यक्ति सुरक्षित रहन सक्दैन । तसर्थ राजनितिक आवरणमा हुने हिंसक अपराधिक घटना गर्नेहरूलाई कारवाही सम्बन्धित निकायले गर्नाै पर्छ ।
कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही होस्ः सांसद यादव
यस्तै संघिय संसद रामबाबु यादवले पनि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गर्ने कार्यलाई घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली–बेइज्जती तथा कुटपाट गरी लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई अर्धनग्न गरेर नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै दाेषीलाई हदैसम्मकाे कारवाहीका मांग गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !