Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिके राउत कार्यकर्ताहरुको गुण्डागर्दी : खानेपानी प्रमुखलाई अर्धनग्न बनाई गराए नगर परिक्रमा


सिके राउत कार्यकर्ताहरुको गुण्डागर्दी : खानेपानी प्रमुखलाई अर्धनग्न बनाई गराए नगर परिक्रमा

जनकपुरधाम, कात्तिक ४ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले गुण्डागर्दी गर्दै अराजकता शैलीमा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएका छन ।

बिहीवार दिउंसो खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले रामानन्द चौक स्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गर्दै लुगा समेत फुकालेर अर्धनग्न बनाई लाठी भरठा सहितको जुलुस गर्दै निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन ।

जनकपुरधाम उपमहानगरपालिका ८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौदेखि सडक तोडफोड गरेको वर्षायाममा हिलो हुन जाँदा पार्टीका अध्यक्ष सिके राउतको घरसम्म जाने बाटोमा समस्या भएको कारण सिके राउतका कार्यकर्ताहरुले खानेपानीका प्रमुखलाई खबरदारी स्वरुप अर्धनग्न गरी नगर परिक्रमा गराइएको सिके राउतका कार्यकर्ताहरुले जनाएको छ ।

जनमत पार्टीका सचिव इन्द्रजीत यादवले भने जनकपुरधाम उपमहानगरपालिका र खानेपानी संस्थानको कारण बाटो हिलाम्य भई आवागमन समस्या भएको कारण खबरदारी स्वरुप रैली निकालिएको हो । उनले भने भ्रष्टाचार गर्ने जुन पनि कार्यालयका प्रमुखलाई तह लगाउनेछौं । आज खबरदारी गरेका छौं यदि भ्रष्टाचारहरु सर्तक भएन भने कडा आन्दोलनमा जानेछौं ।

सुरक्षार्थ खटिएका प्रहरीको उपस्थितिमै जनमत पार्टीका कार्यकर्ताहरुले प्रमुख कुशवाहालाई नगर परिक्रमा गराएको हो । जुलुुस संगै रहेका प्रहरीले ती कार्यकर्ताहरुको भनाई अनुसार उनलाई बचाउनको सट्टा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयको जिम्मा लगाएका थिए ।

यता प्रहरी रहेपनि प्रमुख कुशवाहालाई किन बचाउन सकिएन भन्ने जिज्ञासामा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतलले अहिले मिटिंग छु भन्दै भन्न चाहेन ।
जुलुस सहित प्रमुख कुशवाहालाई अर्धनग्न नगर परिक्रमा गराउंदै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई बुझाएर त्यहाँबाट मुख्यमन्त्री लालबाबु राउत साइकल चोर प्रदेश छोड, मेयर लालकिशोर साह मुर्दाबाद लगायतका नारा लगाउंदै फर्केका थिए ।

बाटो ग्राभेलको मांग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड समेत गरेका थिए । मेयर लालकिशोर साहलाई कालोमोसो दल्न पुगेका कार्यकर्ताहरु मेयर नभेटाएपछि उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरी फर्केका थिए । यसैबीच जुलुश प्रदर्शन पश्चात धनुषा प्रहरीले जनमत पार्टीका १० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव