Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुई एसपीलाई घाईते र चार जनाकाे हत्या घटनाका याेजनाकार पक्राउ


दुई एसपीलाई घाईते र चार जनाकाे हत्या घटनाका याेजनाकार पक्राउ

काठमाडाै । दुई एसपीलाई घाईते र चार जनाकाे हत्या हुने गरि र सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने मुख्य याेजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सरकारी जग्गा अतिक्रमणको लागी मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको थियाे।

उनी बिरुद्ध ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्धा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १०  दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रहरीले  मुसलमानको डेरा कोठामा ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ फेला पारेको छ । प्रहरीले  सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ । 

यही २४ असोजमा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । जसमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भयो भने । प्रहरीका एसपी मनोज केसी र सशस्त्रका एसपी राजेश उप्रेतीसहित दर्जनौं सुरक्षाकर्मी घाइते भए । 

के थियाे विवाद ?

सरकारले १ चैत २०७२ मा मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।     

सरकारले उक्त क्षेत्रको जग्गा औद्योगिक क्षेत्र लिमिटेडका नाममा २०७३ सालमै दर्ता गरिसकेको छ । सबै दलको सहमतिमा २०७३ मा ८ सय १३ बिघा औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनाइएको छ । त्यसअनुसार घनावस्ती बाहेक अन्य क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सहमति भएको छ । 

तर, प्रशासनका अनुसार पछिल्लो समय त्यहाँको करिब २०० बिघा नदी उकास क्षेत्रमा कब्जा गर्ने प्रयास भइरहेको छ । त्यसका लागि अन्य जिल्लाबाट पनि मानिसहरु आइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । 

उनका अनुसार भूमाफियाले संगठित रुपमा जग्गा कब्जाको अभियान थालेका छन् । दुई सातायता लुम्बिनीसँगै कर्णाली, गण्डकी र वाग्मती प्रदेशबाट पनि यो क्षेत्रमा मानिसहरु आउन थालेपछि प्रशासनले अतिक्रण रोक्न थालेको हो । 

जग्गा कब्जा गर्नेहरुले नयाँ बस्ती, उजिर सेन बस्ती गणतन्त्र बस्तीलगायत दर्जनभन्दा बढी बस्ती विकास समिति बनाएका छन् । निश्चित रकम लिएर जग्गा कब्जा गर्ने समूह नै सक्रिय रहेको प्रशासनले जनाएको छ । 

उनीहरुले कब्जा गरेको जग्गामा अस्थायी टहरा बनाउने र दिनभर कुर्ने गरेका छन् । राति भने भाडाको घरमा सुत्न जाने गरेका छन् । यसरी औद्योगिक क्षेत्र नै कब्जा हुने स्थिति देखिएपछि प्रशासनले केही सातादेखि टहरा हटाउने प्रयास गर्दै आएको थियो ।

त्यसअनुसार बल प्रयोग गरेरै भगाउने र टहरामा आगो लगाएर नष्ट गर्दै आएको थियो । प्रहरीका अनुसार गत भदौको अन्तिमसम्म यसरी नै ४ हजार अस्थायी घटटहरा भत्काइएको थियो । अतिक्रमण रोक्ने त्यही प्रयास अनुसार आइतबारको घटना हुन पुगेको हो । 

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव