Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आईजीपी प्रकरण बारे राजदुत रे काे प्रसंगमा पत्रकारमाथि नै जाईलागे उपसभापति निधि


आईजीपी प्रकरण बारे राजदुत रे काे प्रसंगमा पत्रकारमाथि नै जाईलागे उपसभापति निधि

जनकपुरधाम । आफू अनुकुल प्रश्न नसाेध्दा पत्रकारमाथि नै जाईलागेका छन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि ।

प्रसंग हाे साेमवार उपसभापति निधिले आफै आयाेजना गराएकाे पत्रकार सम्मेलनकाे, जहाँ उनले पार्टीकाे आगामी महाधिवेशनमा दिन लागेकाे सभापति उम्मेदवारी बारे प्रचार प्रसारका लागि पत्रकारहरूलाई बाेलाएका थिए ।

लम्पसार कार्यकर्ताका बीच साे पत्रकार आयाेजना गरिएकाे साे पत्रकार सम्मेलन पत्रकारले उनी गृहमन्त्री भएकाे बेला आईजीपी नियुक्त बारे आफू संग सुझाव लिएकाे भन्ने कुरा तात्कालिन भारतीय रञ्जित रे आफ्नै पुस्तकमा उल्लेख गरेकाे बारे के हाे वास्तविकता प्रष्ट पारदिन जिज्ञासा राख्दा कुनै जवाफ नदिई उल्टै पत्रकारमाथि नै जाईलागे ।

पार्टी सभापतिमा उम्मेदवारी दिन लागेकाे उपसभापति निधिकाे आफ्नै गृहनगरमा पत्रकारप्रतिकाे दुराशा व्यवहारले पछि उनले के गर्ने प्रश्न उब्जिएकाे छ ।

दुई साताकाे लामाे गृह बसाईपछि काठमाडाै फर्किने बेलामा साेमवार निधिका नेताहरूले हतार हतार फाेन गरि बिहान १० बजे पत्रकार सम्मेलनका लागि पत्रकारहरूलाई बाेलायाे । तर आमन्त्रण गरिएका पत्रकारलाई बेवास्ता गर्दै डेढ घण्टा ढिलाे साढे ११ बजे पत्रकार सम्मेलन स्थल उनी आफ्नाे निवासमा पुगे ।

डेढ घण्टा कुराएपनि पत्रकारलाई सत्कार वा विषय वस्तुकाे कुरै छाडै बस्न समेत उपसभापति निधिले भनेन् । उल्टै उभ्दा उभ्दै के काम छ छिटाे भन्नूस तन्किए राेवाफी शैलीमा पत्रकार भने । जवाफमा पत्रकारहरूले भने हामी पत्रकार छाै हामीलाई पत्रकार सम्मेलनका लागि बाेलाइएकाे हाे आफ्नाे जिज्ञासा राख दिनुस ।

सयौँ नेता कार्यकर्ताहरु भीडमा निधिले अहं के छ छिटाे छिटाे भन्नुस र जानुस निःसंस्कार शैलीमा भने । नेता निधिकाे यस्ताे दुर्व्यवहार शैलीलाई सहेर पनि पत्रकारहरू मध्येबाट राताेपाटी अनलाईनका प्रदेश २ प्रमुख एवं धनुषा सम्वाददाता किरण कर्णले समसामयिक राजनीतिक अवस्था, दुई साता लामो गृहनगर बसाई तथा रंजित रेले आफ्नो पुस्तकमा आईजीपी नियुक्ति बारे तपाईकाे बारेमा लेखेका कुरा प्रष्ट पारदिन भने ।

पत्रकार कर्णकाे कुरा नसकिदै फ्याट बीचमै जाई लाग्दै तिमी काे हाे, कहांबाट आएकाे लगायतका उल्टै प्रश्न साेध्न थाले ।
जबकि उपसभापति निधिलाई पहिले नै उनका कार्यकर्ता र पत्रकार स्वयंले पत्रकारहरू पत्रकार सम्मेलनका लागि बाेलाइएकाे हने जानकारी गराइसकिएकाे थियाे ।

दुर्व्यवहार सहेर पनि पत्रकार कर्णले मेराे नाम किरण कर्ण हाे, पत्रकार छु र राताेपाटी अनलाईनका लागि काम गर्छु भने । कर्णले आफ्नाे परिचय दिइसकेपनि नाबुझ जस्ताे काे हाे तिमी र याे राताेपाटी के हाे प्रश्न तेर्सयाउंदै आँखा राताेपराे गर्दै आक्राेशित मुद्रामा तिम्राे मिडीया राताेपाटी चीनबाट संचालित हाे आराेप लगाए ।

कर्णले आफ्नाे प्रश्न दाेहराउंदा तिमी मेराे ट्वीट हेरेनाै रञ्जित रे काे पुस्तकमा उल्लेखित कुरा बारे आफ्नाे प्रतिक्रिया दिइसकेका छाै अन्ततः घुमाउराे पारा जवाफ दिएपनि निधिले प्रष्ट पारेनन ।

नेता निधि याे नयां हाेइन मोफसलका पत्रकारहरु प्रति पटक पटक यसरी नै प्रस्तुत हुँदै आएका छन् । काठमाडौँका पत्रकाहरुप्रति नरम देखिने नेता निधिको मोफसलका पत्रकारहरुप्रतिको यस्तो रुखो व्यवहारकै कारण पटक पटक आलोचित हुँदै आई रहेका छन् ।

यस अघि प्रतिनिधिसभाका निर्वाचनको प्रचार प्रसारको क्रममा पनि यस्तै व्यवहार देखिएको थियो । सो समयमा संचारकर्मी सुमित मिश्रलाई लक्षित गरी अनर्गल टिप्पणी नेता निधिले गरेका थिए ।

के छ रे को पुस्तकमा जाे सुन्ने बितिकै निधि जाईलागे ?

२०७३ सालमा चार डीआईजीहरू प्रकाश अर्याल, जयबहादुर चन्द, बमबहादुर भण्डारी र नवराज सिलवाल प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा थिए । उनीहरूमध्ये कसलाई आईजीपी बनाउने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिबीच नै फरक मत थियो ।

त्यति वेला रञ्जित रे राजदूतका रूपमा काठमाडौंमा थिए । हो, त्यति वेलाका गृहमन्त्रीले कसलाई आईजीपी बनाउने भनेर राय मागेको रेले आफ्नो पुस्तकमा दाबी गरेका छन् ।

तत्कालिन गृहमन्त्रीको नाम उल्लेख नगरी रेले ‘भारतले नेपालमाथि गर्ने सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)मा नेपाली नेताहरू जिम्मेवार छन्’ भन्ने दाबी प्रस्तुत गर्न यो सन्दर्भ राखेको देखिन्छ। पुस्तकमा निधिसँग जोडिएको प्रसङ्गको भावानुवाद यस्तो छ ।

दुई देशका राजनीतिकर्मीमाझ धेरै कम व्यक्तिगत साँठगाँठ (इन्गेजमेन्ट) हुन्छ । नेपालको आन्तरिक मामिलामा भारतीय कूटनीतिज्ञ र गुप्तचर निकायहरूले सूक्ष्म व्यवस्थापन गर्छन् भन्ने लागेर कतिपय नेपाली राजनीतिकर्मीहरूयस प्रति गुनासो गर्छन् । यद्यपि, सधैं भारतकै अग्रसरतामा यस्तो भएको हुँदैन ।

आफ्नै अनुभवमा आधारित दुई वटा किस्सा सुनाउँछु । तत्कालीन आईजीपीले अवकाश पाउन लागेपछि नयाँ आईजीपी छान्नुपर्ने थियो । उम्मेदवारहरूका विषयमा गृहमन्त्रीले मेरो धारणा मागेका थिए ।

भारतीय समकक्षीसँग मित्रवत् व्यवहार गर्ने आईजीपी हुनु महत्त्वपूर्ण हुने भएकाले यसबारे मैले मेरा सहकर्मीसँग बुझी हेरें । सबैभन्दा वरिष्ठ उम्मेदवार सबैभन्दा उत्तम छन् भन्ने सुझाव पाएपछि मैले वरिष्ठता र योग्यताको मापदण्ड पालना गर्नुस् भनी गृहमन्त्रीलाई आफ्नो विचार सुनाएँ ।

अर्को सन्दर्भ, जब अर्को नयाँ आईजीपी छानिनुपर्ने थियो, त्यो वेला सूचीमा चार जना थिए। चारैजना प्रत्याशी भारतीय समकक्षीसँगको सहकार्य बलियो बनाउने आफ्नो रुचि सुनाउन इन्डिया हाउसस्थित मकहाँ आउनुभयो ।

मैले उहाँहरूलाई बोलाएको थिइनँ। छुट्टाछुट्टै उम्मेदवारलाई समर्थन गरेको हुनाले यस पटक गृहमन्त्री र उनको पार्टी अध्यक्षबीच असामान्य रूपमा मत बाझिएको थियो । पार्टी अध्यक्षकै उम्मेदवार आईजीपी नियुक्त भए पनि सर्वोच्च अदालतले नियुक्ति बदर गरिदियो र अर्का उम्मेदवार नेपालका आईजीपी बने। गृहमन्त्रीका उम्मेदवार नेकपा (एमाले) प्रवेश गरेर सांसद बने ।

भारतले आफ्नै खुशीले माइक्रो म्यानेजमेन्ट गर्दैन भन्ने देखाउन मैले माथिका प्रसङ्ग उल्लेख गरेको हुँ। नेपाल–भारत सहकार्य हाम्रो प्रमुख उद्देश्य भएको ध्यानमा राखी शायद हामी यस्ता विषयमा तटस्थ खेलाडीका रूपमा देखिएका छौं ।

पक्कै पनि, राजनीतिमा यदि तपाईं एक पक्षलाई फाइदा पुग्ने गरी विचार राख्नुहुन्छ भने अर्को पक्ष तपाईं विरुद्ध लाग्छ र भारतले पक्षपाती खेल खेलेको आरोप लगाइन्छ ।

यता रे को पुस्तकमा लेखिएको कुरालाई खण्डन गर्दै पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ट्विटरमा लेखे, ‘म गृहमन्त्री हुँदा आईजीपी नियुक्तिका लागि भारतीय राजदूत वा कुनै राजदूतसँग रायसुझाव मागेको थिइनँ, माग्ने कुरा पनि होइन । यस्तो निराधार लेखाइ प्रति घोर आपत्ति व्यक्त गर्दछु ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव