जनकपुरधाम । नेकपा एकीकृत समाजवादीको वैकल्पिक केन्द्रीय कमिटी सदस्य पद प्रदेश २ सांसद मञ्जु यादवले पार्टीलाई चुनौती दिदै अस्वीकार गरेकी छिन ।
उनले मनोयन प्रक्रियामा असहमति जनाउंदै पार्टी नेतृत्व वर्गलाई चुनौती सहित सो पद अस्वीकार गरेको कुरा समाजिक सञ्जाल फेसबूकमा मार्फत जनाएकी छिन ।
यादवले फेसबूकमा आक्रोश व्यक्त गर्दै बोल्न पाइन्छ, लेख्न पाइन्छ वैकल्पिक शिर्षकमा लेखेकी छिन “प्रदेश दुई भनेको एस पार्टीको लागि दलाल प्रवृति भएको पुरुषका लागि मात्र हो । माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमति, साली, नातागोलालाई मनोयन गर्ने ।”

अगाडि थप्दै लेखेकी छिन “ चुनौतीका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेको नेताहरु प्रतिनिधि सभाको चुनावको टिकट लिने आँट गरोस । हामी जस्तो महिलाहरु तिमीहरुको दास होइन । हुन सक्दैनौ ।”
प्रदेश सभा सदस्य यादवले मनोनयन गर्ने प्रक्रिया र मापदण्डप्रति आफ्नो असहमति रहेकाले आफूले सो पद अस्वीकार गरेको बताएकी छिन । उनले भनिन् कुनै पनि नेतालाई पार्टीमा राजनीतिक लगानी, योग्यता र क्षमताको आधारमा दिनु पर्छ, तर त्यस्तो नगरी नातागोता र पुरुषलाई प्राथमिकतामा राखि पद बाँडिएको जसमा मेरो असहमति छ ।
नातागोता बाहेक बचेका पदहरुमा पहुँच भएका पुरुषहरु मध्ये एउटै व्यक्तिलाई चार÷चार वटा पद दिएर महिलालाई काखापाखा लगाउने प्रयास गरिएको छ । जिल्लामा संगठन गर्नेहरुलाई पाखा लगाएर आफन्त र नातागोतालाई माथि लैजाने प्रवृतिसँग आफू सहमत नरहेको र यस्ता प्रवृतिले पार्टीलाई क्षति पुरयाउने बताईन ।
निकै संघर्षपछि गठित यस पार्टीमा पनि हिजोका दिन एमालेमा ओलीले गरेको क्रियाकलाप नै दोहराउनु थालिएको छ । पदलाई गोजीका सामान बुझेर बाँडनु गलत अभ्यास हो, यस्तै रवैया कायम रहयो भने एमालेको जुन अवस्था आएको छ भोलीका दिन नेकपा (एस) को पनि त्यस्तै आउनेछ । नेतृत्व वर्गलाई एमाले जस्तो हविगत नआओस सचेत गराउन आफूले सो पद अस्वीकार गरेकी हुँ ।
नेकपा एसमा महिलालाई दास बनाउन खोजिएको भन्दै उनले कसैको दयामा आफूलाई पद चाहिएन बताईन । केन्द्रीय कमिटीलाई पूर्णत दिएसँगै नेकपा (एस) मा असन्तुष्टी बढेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !