जनकपुरधाम । धनुषामा सिरहाका एक युवकको घाँटी रेटि हत्या भएको छ ।
जिल्लाको नगराइन नगरपालिका ५ स्थित गंगुलीबाट देवडिहा जाने बाटोको छेउमा घाँटी रेटि हत्या गरिएको ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले ती शव सिरहाको मिर्चैया नगरपालिका ८ बस्ने २८ वर्षीय सञ्जिव पण्डित रहेको अनुसन्धानमा खुलेको बताएका छन ।
पण्डितको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान बाटो छेउमा फेला परेपनि शवको प्रकृति हेर्दा शनिवार राति नै हत्या गरेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।
सिरहा घर भएका ती युवक धनुषामा कसरी आयो र हत्या कसले किन गरेको हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी मृतक पण्डितको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !