जनकपुरधाम । दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ ।
राजा जनकको कुल देवीको रुपमा भनिदै आएकाे राजदेवी माताकाे मन्दिर सहित जनकपुरधामको विभिन्न शक्तिपीठ तथा दुर्गा पुजनाेत्सव स्थलहरूमा विवाहिता महिलाहरुले सप्तमी र अष्टमी तिथी देखि नै खोँइछ भरेकी छिन् ।
खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिर सहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइस्थान लगायतका स्थानमा खोँइछ भरिरहेकइी छिन् ।

त्यस्तै पर्सादी चढाउनको लागि गएराति ११ बजे देखि नै ठुलो लाइन लागेको छ । हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु पर्सादी चढाउन लाइन लागेका छन् ।
जनकपुरधामका शक्तिपिठहरुमा बिहानै देखि खोँइछ भर्न महिलाहरुको भिड लागेको छ भने पर्सादी चढाउन लामो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भिड लागने गरेको छ । मिथिलामा छोरीको बिदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ ।
यता राति देखि बलिप्रदान दिने भएको छ । त्यसको लागि नेपाल सहित भारतको सिमावर्ती क्षेत्रबाट श्रद्धालुभक्तजनहरु बोकाबलीको लागि यहाँ आउने गरेका छन् । प्रत्येक वर्ष यहाँ राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुनेगरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !