जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) काे प्रदेश २ स्थित मधेश प्रदेशकाे समायाेजन सहित पुर्नगठन गरिएकाे छ ।
निकै रस्साकस्सीपछि आइतवार राति जनकपुरधाममा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवकाे उपस्थितिमा भएकाे समायाेजन बैठकबाट पुनः विजय यादवकै अध्यक्षतामा १ सय ५१ सदस्यीय मधेश प्रदेश कार्यसमिति गटन गरिएकाे हाे ।
हाललाई अध्यक्ष बाहेक अन्य सबै सदस्य नै नियुक्त गरिएकाे छ । कार्तिक १५ गते बस्ने समितिकाे बैठकबाट सदस्यहरू मध्येबाट अध्यक्ष बाहेक अन्य पदाधिकारीहरूकाे चयन र कार्य विभाजन गरिनेछ ।

नवनियुक्त पदाधिकारीहरूले केन्द्रीय अध्यक्ष यादवले आइतवार राति शपथ ग्रहण गराउंदै कार्यविभाजन नभएसम्म प्रदेश समितिहरू सम्बन्धित आ आफ्ना प्रदेश निर्वाचन क्षेत्रमा सुज अभियान मार्फत संगठन सुदृढिकरणकाे काम गर्न निर्देशन दिए ।
।
पार्टीकाे एक व्यक्ति एक पद अवधारणा अर्न्तगत गरिएकाे समायाेजनकाे एक साता अघि नै प्रदेश २ सरकारका भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका यादवले राजीनामा दिएका थिए । के कति कारणले राजीनामा दिएकाे कुरा नखुलेपनि बार्गेनिङ्गका लागि थ्रेट स्वरूप विजयले राजीनामा दिएकाे थियाे भन्ने कुरा पार्टीकै पक्षकाे दाबी छ ।
यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । समायाेजनकाे नाम अब प्रद ेश अध्यक्षकाे पद समेत जान लागेकाे देखेर पुनः अध्र्थयक्ष पद का लागि पार्टी नेतृत्व तहलाई थ्रेट स्वरूप उनले राजिनामा स्टं ट गरेकाे कुरा अध्सयक्षहित पाउनु पर्मनेन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो ।
यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्षमा जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने चर्चा थियो ।
मेयर साह महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए । प्रदेश २ को अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !