राजविराज । सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चौकमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत भएको सो दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको हो ।
पूर्वतर्फ आउँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको थियो । घटनामा घाइते भएकी खातुनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
सोही मोटरसाइकलमा सवार मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र छोरा ५ वर्षीय मो।समद घाइते भएका छन् ।
यता घाइते दुवै जनाको उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ भने बस र चालक दोलखाको कालिन्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !