कैलाली । कैलाली प्रहरीले ब्राउन सुगर र चरेस सहि एक महिलालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटि गएको प्रहरी टोलीले डडेल्धुराको अजयमेरु गाउपालिका वडा नं ४ घर भई हाल धनगढी उपमहानगरपालिका १३ राजपुर बस्ने आशा बिष्टलाई ब्राउन सुगर रचरेस सहित पक्राउ गरेकाे हाे ।
आशाको कोठाबाट लुकाई छिपाई राखेको अबस्थामा ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतीक बिष्टले बताएका छन ।

पक्राउ परेकी आशाको साथबाट १२ हजार दुईसय रूपैया समेत फेला परेको बताउदै प्रबक्ता बिष्टले बिष्टलाई लागु औषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएकाे बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !