जनकपुरधाम । अमेरिकी सरकारकाे पीएलजीएचए नीति खारेजीले नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा उपलब्ता र गुणस्तरियतालाई कायम राख्न सकिने दाबी गरिएकाे छ ।
जनकपुरधाममा सोमवार जानकी महिला जागरण समाज र कृपा नामक संस्थाद्वारा आयोजित ‘जीवन रक्षाका लागि स्वास्थ्य सम्बन्धी प्रभावकारी रणनीति’ सम्बन्धी कार्यशाला गोष्ठीमा यस्ताे दाबी गरिएका हाे ।
कार्यक्रममा कृपाकी प्रतिनिधि कुसुम ज्ञवालीले अमेरिकी सरकारले यस सन्दर्भमा ल्याएको नेपालको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाको उपलब्धता तथा गुणस्तरमा असर पार्नुका साथै नेपालले महिलाको स्वास्थ्यमा गरिरहेको प्रगतिलाई कायम राख्न बाधा पुरयाएको बताईन ।
उनले एउटा प्रतिवेदन प्रस्तुत गर्दै यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सेवामा पारेको प्रभावलाई कम गर्न र यस नीतिलाई स्थायी रुपमा अन्त्य गर्नका लागि भई रहेको विश्व्यापी प्रयासलाई समर्थन तथा सहयोग गर्न अत्यन्त आवश्यक रहेको बताएकी छन् ।

नेपालीहरुको स्वास्थ्य सुदृढ बनाउन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाको गुणस्तर र पहुँच बढाउन आवश्यक रहेको बताएकी छिन् । उनले भनिन, ‘अमेरिकी सरकारको एक स्वास्थ्य सहयोग सम्बन्धी वैदेशिक नीति जससलाई ‘पीएलजीएचए’ महिलाको स्वास्थ्य र यस क्षेत्रमा काम गर्ने संघ संस्थालाई नकारात्मक असर पारेको हो ।’
नेपालमा सन् २०१४मा गरिएको अनु्मानित तीन लाख २३ हजार गर्भपतन मध्ये ५८ प्रतिशत गैर कानूनी किसिमको पाइएको र २४ प्रतिशत कानूनी रुपमा पाइएको समेत उनले बताएकी छन् ।
साथै वैदेशिक रोजगारीको कारण नेपालमा असुरक्षित किसिमले गर्भपतन गराउने महिलाको संख्या दिनप्रतिदिन बढ्दै समेत ज्ञावलीले दाबी गरिन ।
प्रदेश २ को अधिकांश ग्रामीण क्षेत्रमा श्रीमान वैदेशिक रोजगारीमा गएको बेलामा अनैतिक सम्बन्धबाट ठहरिएको गर्भलाई असुरक्षित किसिमबाट गर्भपतन गराउँदा मातृमृत्यु दर बढ्ने गरेको सहभागीहरुले बताएका हुन ।
महिला समाजकी अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश २ का अध्यक्ष राजेश कर्ण, नेपाल पत्रकार महासंघका मनिका झा, पत्रकार अजय झा, स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण कुमार नायक लगायतका व्यक्तिहरुले आफ्ना धारणा राखेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !