जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले कयौं सरकार फेरिएपनि मधेशीमाथिको अन्याय र विभेद कायमै रहेको बताएका छन ।
शनिवार जिरोमाइल युवा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले वर्षौदेखि अन्याय र विभेदमा परेका मधेशीहरु देशमा संघीयता आएपछि अन्त्य हुने आशमा थिए । तर संघीयता आएदेखि कयौं सरकार फेरिए तर मधेशीमाथिको अन्याय र विभेद कायमै नै छ ।
उनले अन्याय र विभेद विरुद्धको मधेशको मांग सम्बोधन नभएसम्म लोसपाको संघर्ष जारी बताउंदै अन्याय र विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष जारी राख्नेछु भने ।
मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा, नागकिता विधेयक, मधेश आन्दोलनका कतिपय मुद्दाहरु जिल्ला अदालत, उच्च अदालत र सर्वाेच्च अदालतमा रहेकाले फिर्ता लगायतका मांग पुरा नभएसम्म संघर्ष जारी नै रहनेछ उनले भने ।
मधेशी जनतासंग पटक–पटक अन्याय भएको भन्दै उनले संघर्षका लागि मधेशी जनतालाई अघि बढ्न आग्रह गरे । अध्यक्ष ठाकुरले मधेशीलाई आफ्नो अधिकार स्थापित गराउन पुनः संघष गर्ने आवश्यकता रहेको छ यसमा सबैको साथ र सहयोग आवश्यक छ ।
कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य परमेश्वर साहले राज्यले युवामा लगानी गरे मात्र देशको विकास सम्भव रहेको भन्दै समाज परिर्वतनको दिशा देखाउने र सराहनीय काम गर्ने युवाहरुलाई धार्मिक, समाजिक र कुरुती तथा गलत क्रियाकलाप हटाउने युवाको भूमिका आवश्यक रहेको बताए ।
शिवशंकर मिश्रको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख रीता झा, जउनपाका वडा नं ७ का अध्यक्ष जानकीराम साह, वडा नं ८ का अध्यक्ष रमेश ठाकुर लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा नव निर्वाचित अध्यक्ष शिवशंकर मिश्र,उपाध्यक्ष अजय मंडल महासचिब अरुण कुमार यादव सचिब रुद्र झा कोषाध्यक्ष विनोद कुमार सिंह लगायतका पदाधिकारीहरुको सपथ तथा पद हस्तान्तरण गरिएको कुरा निर्वाचन प्रमुख रामबाबु साहले बताएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !