जनकपुरधाम । जनकपुरधामस्थित माेनाष्टिक उच्च मा.वि. ले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक समाराेहका बिच स्वागत गरेका छन ।
विज्ञान,व्यवस्थापन,कानुन,शिक्षा आदि सङ्कायमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई साेही विद्यालयका कक्षा १२ का विद्यार्थीले विहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
वाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा नाटक प्रस्तुति लगायतका विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ कक्षा १२ का विद्यार्थीले तिनीहरूलाई स्वागत गरेकाे थियाे ।
स्वागत कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, जनकपुरका प्रमुख प्रकाशराज काफ्लेले मोनाष्टिक कलेजको बाहिर हुने प्रशंसालाई परीक्षाको नतिजा र विद्यार्थीको चौतर्फी क्षमताले पुष्टि गरेको बताए । विद्यार्थीको कलाको प्रशंसा गर्दै काफ्लेले हरेक शिक्षण संस्थाले परीक्षामा विद्यार्थीले दायाँबायाँ हेर्नुपर्ने अवस्था नआउने गरी अध्यापन गराउनुपर्ने भने ।
कलेजका मेनेजिङ्ग डायरेक्टर डा.सोनुकुमारले कलेजको लक्ष्य नै अनुसन्धान, नयाँ आविस्कारको विकास गर्दै सर्वोत्कृष्ट हुने रहेको बताए । उनले विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर नवीनतम् अनुसन्धान र खोजलाई समेत सँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
उच्च र गुणस्तरीय शिक्षाकै लागि दैनिक सयौं विद्यार्थी बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि मोनाष्टिक कलेजले एउटा इटा थप्ने प्रयत्न गरिरहेको भने ।
कार्यक्रममा विद्यालयकी संस्थापिका श्रीमती वीणा देवी साहले नवआगन्तुक विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै त्यसका लागि कलेजले आवश्यक वातावरण तयार गरेको बताईन ।
दृढ इच्छाशक्ति भए जस्तोसुकै लक्ष्य हासिल गर्न सक्ने तर्क गरेका संस्थापिका साहले प्राध्यापक तथा शिक्षकहरुले पनि विद्यार्थीको भावना अनुसार पथ प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिईन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !