जनकपुरधाम। आफ्नै पार्टीका नेताकाे दमनबाट आजिज भई नेकपा एमाले निकट राष्ट्रिय युवा संघका प्रदेश २ स्थित केन्द्रीय पदाधिकारीले संयुक्त रूपमा राजीनामा दिएका छन ।
पार्टीका नेता रघुवीर महासेठकाे क्रियाक्लापबाट आजिज भई संघका उपाध्यक्ष एवं प्रदेश २ का इन्चार्ज संजीव कुमार झा सुरजले राजीनामा दिएकाे भाेली पल्टै प्रदेशस्थित केन्द्रीय पदाधिकारीहरूले राजीनामा दिएका हुन ।
मंगलवार एक प्रेस विज्ञप्ति जारी गरि संघका केन्द्रीय अनुशासन आयाेगका सचिव, केन्द्रीय सचिवालयका ३ जना सदस्यह र १७ जना केन्द्रीय सदस्य गरि २१ जना पदाधिकारीहरूले नाैतिकता आधार संयुक्त रूपमा राजीनामा दिई पार्टी अह्राएकाे काम साधारण सदस्य भएर गर्ने विज्ञप्तिमा जनाएकाे छ ।
राजीनामा दिनेहरूमा अनुसन्धान आयाेगका सचिव दिनेश सिंह, सचिवालयका सदस्यहरू ईद माेहमम्द साफी, अभिषेक अग्रवाल, रामउदगार यादव केन्द्रीय सदस्यहरू मुन्जय राउत, उज्जवल अग्रवाल, नवीन झा, आशिष् सर्राफ, दिलदार हुसैन,रूपेश यादव र संजय यादव रहेका छन ।
त्यसैगरी केन्द्रीय सदस्यहरू लव अधिकारी, कुश यादव, राेशन मण्डल, राेशन कर्ण, अलिमुदीन राईन, राजीव पटेल, सदाम हुसेन, ध्रुवनारायण यादव राेशन यादव लगायतले पनि राजीनामा दिएका छन ।
प्रदेश इन्चार्ज झाले भने ‘रघुवीर महासेठले पार्टीमा अवसरवाद, जातीवाद र परिवारवाद भित्र्याएकाले त्यसविरुद्ध संघर्ष गर्नका लागि राजीनामा दिएका हौं ।
झाले भने, ‘महासेठको अवसरवाद विरुद्ध संघर्ष गर्न जिम्मेवार पदमा रहेर अप्ठ्यारो भयो । पदबाट हटेर उनको ज्यादतीविरुद्ध संघर्ष गर्छाैं ।’
नेकपा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णयमा समेत हस्ताक्षर गरेको र अहिले नेतृत्वको चाकडी देखाउनका लागि नेताहरूलाई हतोत्साहित गर्न महासेठ लागि परेको राजीनामा दिने पदाधिकारीकाे भनाई छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !