काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/०७९ को आर्थिक काराेबार शुरू नहुंदै दुई महिनामै ३८ अर्ब ५० करोड रुपैयाँ ऋण थपिएको छ ।
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग साउन र भदाै महिनामा भएकाे ऋण सम्झौता मध्ये २० अर्ब काेराेना नियन्त्रणकै नाममा ऋण थपिएको हो ।
साउन र भदौमा ४४ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक सहायता सम्झौता भएकोमा ८६.८९ प्रतिशत ऋणको हिस्सा रहेकाे अर्थ मन्त्रालयले जनाएकाे छ । सम्झाैता अनुरूप १३.११ प्रतिशत अनुदान पाँच अर्ब ८१ करोड रुपैयाँ अनुदान रहेकाे छ ।
द्विपक्षीय सहायता अन्तर्गत १ अर्ब ८७ करोड रुपैयाँ अनुदान सम्झौता भएको छ । यो कुल सहायताको ४.२३ प्रतिशत हो । बहुपक्षीय सहायताअन्तर्गत तीन खर्ब ९३ करोड रुपैयाँ अनुदान र ३८ अर्ब ५० करोड रुपैयाँ ऋण सहायता प्राप्त भएको छ । बहुपक्षीय सहायताको हिस्सा ९५.७७ प्रतिशत छ ।
दुई महिनामा कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्न २० अर्ब २८ करोड रुपैयाँ सहायता सम्झौता भएको छ । भ्याक्सिन खरिद कार्यक्रमका लागि मात्रै १९ अर्ब ६९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । सरसफाइका माध्यमबाट कोभिड-१९ को रोकथाम गर्न ५९ करोड रुपैयाँ अनुदान सम्झौता भएको छ ।
यो सहायता एशियाली विकास बैंकमार्फत आएको मन्त्रालयले जानकारी दिएको छ । विश्व बैंकमार्फत १८ अर्ब ८० करोड रुपैयाँ ऋण प्राप्त भएको छ ।
गत आर्थिक वर्षको सुरुवाती दुई महिनामा ८४ अर्ब सात करोड रुपैयाँ सहायता प्राप्त भएको थियो । चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब ७५ करोड रुपैयाँ कम सहायता आएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !