जनकपुरधाम । टिपरमा किचिएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आइतवार दिउंसो करीब ४ बजे जनकपुरधामको पिडारी चोकमा ना ७ ख ४७४१ नम्बरको टिपरले ज ९ प १४९७ नम्बरको मोटरसाइललाई किच्दा दुर्घटनामा परी मोटरसाइकल चालक भारतीय नागरिक ३५ वर्षिय आनन्द किशोर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरतर्फ आइरहेको मोटरसाकइलले विपरित दिशामा ढल्केवर तर्फ गइरहेको टिपरलाई साइड काटन उल्टो गएपछि अनियन्त्रित भई टिपरमुनि परेपछि दुर्घटना भएको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन । उनले भने गलती मोटरसाइकल चालककै नै रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ आफ्नो साइडबाट साइड नलिई उल्टो गएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल किचिएर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने घटनामा घाइते भएका दासको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको उनले जानकारी दिए ।
घटना लगतै आक्रोशित स्थानीयको भीडले टिपरमा आगजनी गरी पुर्ण रुपमा क्षतिग्रस्त बनाएका छ । स्थानीयले ट्राफिक प्रहरीको लापरवाहीका कारण दुर्घटना निम्त्एिको भन्दै प्रहरी विरुद्ध नाराबाजी समेत गरेका छन ।

बिहान ९ बजेदेखि राति ७ बजेसम्म ठूला सवारी साधन नगरभित्र प्रवेश निषेध गरिएपनि कन्स्ट्रक्सन मालिकहरुसँग मोटो रकम लिई नगरभित्र ट्राफिक प्रहरीले टिपर सहितका गाडी प्रवेश गर्न दिइरहेको कारण दुर्घटना बढदै आएको उनीहरुको आरोप रहेको छ ।
यता प्रत्यक्षदर्शीहरुले गलती टिपर चालककै नै रहेपनि टिपर मालिकलाई बचाउन प्रहरीले मोटरसाइकल चालककै गलती रहेको आरोप लगाएका छन । प्रत्यक्ष सुरेन्द्र यादवका अनुसार मोटरसाइकल सामान्य गतिमै गइरहेको क्रममा एक्कासी विपरित दिशाबाट तिव्रगतिमा आइरहेको टिपरले मोटरसाइकलमै चढाई दियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !