Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुस्लिम भएकै कारण मुख्यमन्त्री राउतले जानकी मन्दिरको संरचना भत्कायो : महासेठ


मुस्लिम भएकै कारण मुख्यमन्त्री राउतले जानकी मन्दिरको संरचना भत्कायो : महासेठ

जनकपुरधाम ।विश्व सम्पदामा सूचीकृतको पर्खाईमा रहेका जनकपुरधाम स्थित जानकी मन्दिरको संरचना सौन्दर्यकरणको नाममा षडयन्त्रीपुर्वक तरिकाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भत्काएको आरोप लगाइएको छ ।

शुक्रवार गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ एक पत्रकार सम्मेलन आयोजना गरी जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पर्न नदिन मुख्यमन्त्री राउतले षडयन्त्र तहत मन्दिरको पौराणिकता, मौलिकता र पुरातात्विक महत्व बोकेका संरचना भत्काई सौन्दर्यकरणको नाममा टाईल्स मार्बल र विद्युतिकरण गराएको आरोप लगाए ।

उनले भने विश्व सम्पदा सूचीमा पार्ने सम्बन्धित निकाय युनेस्केको मापदण्ड अनुसार सूचीकृतमा पर्ने ऐतिहासिक महत्व बोकेका पुरानो संरचना यथावत राख्नुपर्ने हो, तर मुख्यमन्त्री राउतले ती मापदण्ड पुरा हुन नदिन षडयन्त्र तहत सौन्दर्यकरणको नाममा मन्दिरको सम्पुर्ण पुरानो संरचना भत्काएको हो ।

मुख्यमन्त्री राउतले यस्तो किन गरेको होला पत्रकारहरुको जिज्ञासामा अध्यक्ष महासेठले भने जानकी मन्दिर विश्व सम्पदा सूचीकृत भएपछि हिन्दु धर्मावलम्बीहरुको लागि ठूलो जीत हुन सक्थ्यो, हिन्दु मुख्यमन्त्री भएको भए यस्तो दुसाहस शायद गर्ने थिएन, मुस्लिम समुदाय भएकै कारण मुख्यमन्त्री राउतले हिन्दु धर्ममाथि प्रहार गर्ने उद्देश्यले मन्दिरको संरचना भत्काएको पटक पटक संकेत गरे ।

उनले भने कुनैपनि मुस्लिम समुदायको मस्जिदमा हिन्दु समुदायको राष्ट्रपति र प्रधानमन्त्री समेतको फोटो झुण्डयाइएको छैन । तर हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा मुस्लिम समुदाय भएका मुख्यमन्त्रीले स्वच्छता अभियानको नाममा आफ्नो फोटो सहितको बोर्ड झुण्डयाउन लगाइयो ।

अध्यक्ष महासेठले मन्दिरको यत्रो ठूलो संरचना खडा गर्ने टिकमगढको राजारानीको फोटो त नाम पनि कतै उल्लेख गरिएको छैन । तर सौन्दर्यकरणको नाममा सामान्य ९ करोड रुपैया दिए वापत मन्दिर व्यवस्थापकलाई प्रभावमा पारी मोहमम्द लालबाबु राउत गद्दी लेखिएको शिलान्यास सहितको शिलालेख नै झुण्डाउन लगाइयो यो हिन्दु धर्मको आस्थामाथि ठूलो प्रहार रहेको आरोप लगाए ।

अध्यक्ष महासेठले विश्व सम्पदा सूची हेर्ने निकाय पुरातत्व विभागसँग कुनै स्वीकृति नै नलिई मुख्यमन्त्री राउतले मन्दिरमा तोडफोड गरेको आरोप लगाउंदै भने त्यसका मतियारको रुपमा जनकपुरधाम उपमहानगरपालिका र मन्दिर व्यवस्थापक रामतपेश्वर दास वैष्णवले काम गरेको आरोप समेत लगाए । मन्दिर व्यवस्थापक महन्थ रामतपेश्वर दास वैष्णव आफ्नो महन्थाई पद जोगाउन र उपमहानगरपालिकाका मेयर लालकिशोर साह आफ्नो जातीय भोट बैंक बचाउन मतियारको रुपमा काम गरेको हो ।

पत्रकारहरुको जिज्ञासामा अध्यक्ष महासेठले प्रष्टयाउंदै भने मन्दिरका महन्थ चाहेको भए संरचना भत्किनबाट रोक्न सक्थ्यो । तर मन्दिर विश्व सम्पाद सूचीमा गयो भने ट्रष्टमा जानेछ, मन्दिर ट्रष्टमा गएपछि त महन्थाई परम्परा हटने डरले मुख्यमन्त्री राउतलाई सहमति दिई मतियारको रुपमा काम गरियो ।

यता मेयर साहले पनि विश्व सम्पदा सूचीको मापदण्ड अनुसा क्षेत्र निर्धारण गर्दा मन्दिर वरिपरिको संरचना भत्काउनु पथ्र्यो, ती क्षेत्रमा अधिकांश संरचना साह थर जातिकै रहेको कारण त्यसलाई जोगाउन प्रदेश सरकारलाई मन्दिर संरचना भत्काउनबाट रोकेनन ।

पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष महासेठले आफ्नो तर्फबाट पुरै प्रयास गरेको हो । सो बेला मन्दिरका उत्तराधिकारी महन्थ भनिएका रामरोशन दास वैष्णवलाई रोक्न भन्न जाँदा उनले मन्दिरको लागि ९ करोड रुपैयाको बजेट आइरहेको छ यसलाई नरोक्ने अडान लिएपछि आफू फर्किहाले ।

उपमहानगरपालिकाका मेयर साहलाई रुपमै जानकारी गराएपछि प्रदेश सरकारको बजेट यसमा आफू केही गर्न नसक्ने भनी चासो लिएनन । मन्दिरलाई विश्व सम्पदा सूचीमा पार्ने प्रक्रिया अन्तर्गत २०७० सालमा तात्कालिन नगरपालिकाले मन्दिर वरिपरि ३१ फिटभन्दा माथिको घर नबनाउने निर्णय नै गरियो । तर उपमहानगरपालिका कर्मचारीहरुले घुस खाएर मन्दिर वरिपरि ५० फिटभन्दा माथिसम्मको नक्सा पास गरेका छन ।

मन्दिर र उपमहानगरपालिकाबाट कुनै पहल नभएपछि बाध्य भएर राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको पुरातात्विक विभाग, गुठी संस्थानको केन्द्रिय कार्यालय, प्रदेश प्रमुख लगायत सम्बन्धित १२ वटा निकायमा जानकी मन्दिरको संरचना जोगाउन ज्ञापन पत्र बुझाएको छु । सो ज्ञापनपत्रमा विश्व सम्पदा सूचीमा पर्न नदिन षडयन्त्र मुख्यमन्त्री राउतले सौन्दर्यकरणको नाममा भत्काई रहेको मन्दिरको पौराणिकता, मौलिकता, प्राचीनता र पुरातात्विक संरचनालाई रोक्न मांग गरेको छु ।

अध्यक्ष महासेठले मन्दिर परिसर तथा गर्भगृहमा लगाइएको टाइल्स मार्बलको कारण त्यसबाट निस्किने अत्यधिक गर्मी र लाईट रिफलेक्सनले गर्दा त्यहाँ बस्न नसक्ने अवस्थाको कारण स्थानीयका साथै पर्यटकमा समेत कमी आएको दाबी गर्दै चुनासुर्खीले बनेको पर्खाललाई विद्यूतिकरणका लागि गरिएको तोडफोडको ठाउँमा वर्षाको पानी जम्दा संरचना नै कमजोर हुंदै गएको भने ।

अब त मन्दिरको संरचना भत्काई सकिएको छ फर्किन सक्दैन भन्ने प्रश्नमा अध्यक्ष महासेठले पशुपतिनाथ उदाहरण दिदैं भने सम्बन्धित निकायले इमान्दारिता देखाए भने लगाइएका टाइल्स मार्बल र गेट पुरानौ अवस्थामा ल्याउन सकिन्छ, विद्युतिकरणका लागि तोडफोड गरिएको ठाउँमा पुनः चुना सुर्खीले मरम्मत सम्भार गर्न सकिन्छ । सम्बन्धित निकायले मन्दिर जोगाउन पहल नगरे अब घर घर र मन्दिर मन्दिरमा गई जागरण अभियान चलाउनेछु । पर्चा पम्पलेट वितरणदेखि मन्दिरमा हनुमानजीलाई ज्ञापन पत्र बुझाउनेछु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव