जनकपुरधाम । सरुवा विवादले गर्दा एक शिक्षकका अभिभावकले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुखमाथि हातपात गरिएको छ ।
मंगलवार दिउंसो शहीद नगरपालिका १ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका राहत कोटामा खटदै आएका शिक्षक माधव राय यादवका बुवा बेचन यादवले आफ्नो छोरा सहितका शिक्षकलाई कानून विपरित सरुवा गरिएको र घुस खाएर सो ठाउँमा बाहिरबाट शिक्षक ल्याएको आरोप लगाउंदै प्रमुख ईश्वरी प्रसाद ज्ञवालीमाथि हातपात गरिएको बुझिएको छ ।
प्रत्यक्षदर्शी कार्यालय कर्मचारी तथा शिक्षकहरुका अनुसार अवकाश प्राप्त शिक्षक समेत रहेका बेचन यादव आफ्ना छोराको सरुवा सम्बन्धी समस्या लिएर आएको बेला प्रमुख ज्ञवालीले उनको कुरा नसुनेर कार्यालयबाट निस्किन लाग्दा हो हल्लाको क्रममा हातपात भएको हो ।
तर प्रमुख ज्ञवालीले ती अवकाश प्राप्त शिक्षक आएको बेला आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा ढिलो भइरहेको कारण कार्यालयबाट निस्किन लाग्दा ती अवकाश प्राप्त शिक्षकले हो हल्ला मात्रै गरेको हो हातपात नभएको दाबी गरेका छन ।
माधवको बुवा बेचन यादवले कानून विपरित गरिएको सरुवा बदर र बक्यौता तलबको मांग गर्न समन्वय एकाई समितिमा जाँदा प्रमुखले आफ्नो कुरालाई बेवास्ता गरी बाहिर निस्किन लाग्दा विवादको क्रममा धक्काधुक्की भएको बताए । उनले भने घुस खाएर ल्याएका शिक्षकलाई पदस्थापन गर्न आफ्नो छोरा सहितका शिक्षकलाई सरुवा गरिएको भनी आफ्नो गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्य एकाईमा कयौं पटक निवेदन दर्ता गराएपनि हालसम्म पहल हुन सकेको छैन ।
शहीद नगरपालिका शिक्षा एकाई समितिले सो विद्यालयमा कार्यरत राहत शिक्षक माधव यादवलाई सोही वडाका कुम्भकर्णस्थित विद्यालयमा र भरत प्रसाद यादवलाई बेमरखीमा सरुवा उनको ठाउँमा जिल्लान्तर सरुवा भइ आएका काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई राख्दा विवाद उत्पन्न भएको हो ।
शिक्षक माधवले राहत शिक्षकलाई स्थानीय तहलाई सरुवा गर्ने अधिकार नरहेपनि पालिका शिक्षा एकाई समितिमा कार्यरत श्रोत व्यक्ति धनेश्वर यादवले पैसाको चलखेलमा आफूहरुलाई कानून विपरित सरुवा गरी सो ठाउँमा बाहिरबाट रन्धीर यादव र वकिल राय यादवलाई राखिएको आरोप लगाए ।
उनले भने स्थानीय तहले सरुवा गरेकै कारण गत पुस महिनादेखि नै तलब बांकी रहेको छ । सरुवा गरिएको विद्यालयमा जाँदा रवाना लिएर आउनुस भन्छन तर पालिकाले आफूहरुलाई रवाना चिट्ठी समेत नदिएको पुसदेखि हालसम्म तलब बांकी रहेको छ । कानून विपरित आफूहरुलाई सरुवा किन गरियो र बांक्यौता तलब मिलाई दिन नगरपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय एकाई समिति लिखित निवेदन दिएपनि हालसम्म कुनै पहल हुन नसक्दा, पुनः सम्वन्वय एकाई समितिमा जाँदा आफ्नो कुरा सुन्न नमानेपछि विवाद भएको बताए ।
माधवले भने कुनैपनि शिक्षकको जिल्लान्तर सरुवा विद्यालयका प्रधानाध्यापक, वडा र विद्यालय व्यवस्थापन समितिको सहमति भएपछि मात्रै गर्न सकिने कानूनी व्यवस्था छ तर श्रोत व्यक्ति भनिएका धनेश्वर, समन्वय एकाई समितिका प्रमुख ज्ञवाली र शाखा अधिकृत राजदेव यादवले सहितका कर्मचारीले पैसाको चलखेलमा कानून प्रक्रिया मिचेर आफूहरुलाई सरुवा गरी सो ठाउँमा बाहिरबाट ल्याएका शिक्षकलाई हाजिर गराएका छन ।
गत वर्ष पुस ६ गते रंधीर यादव र माघ १० गते वकिल रायलाई विद्यालयमा हाजिर गराएका छन भने विद्यालयमा कार्यरत राहत शिक्षकलाई चैत १३ गते पालिकाले सरुवा गरेका छन । सरुवा भएर आएका शिक्षक रन्धीर र वकिललाई अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले माघ २३ गते हाजिर हुन दिएका छैनन ।
माधवले भने आफूहरुको तलब पुस महिनादेखि नै बांकी छ तर सरुवा भएर आएका शिक्षक रन्धीर र वकिल विद्यालयमा हाजिर नै नभएपनि तलब पाइरहेका छन । कोरोना महामारीले विद्यालय बन्द रहेकै अवस्थामा तिनीहरुको खाता कसरी खुल्यो प्रतिप्रश्न पिडीत माधवले गरेका छन ।
वैशाख १३ गतेदेखि कोरोना महामारीका कारण पालिका भित्रका बन्द भएको विद्यालय भदौ ७ गतेदेखि खुलेपनि मतौनाको सो विद्यालय शिक्षक विवादका कारण बन्द नै रहेको छ । विवाद समाधान गरी विद्यालय खोलाउन मांग गर्दै गत चैत ३० गतेका दिन अभिभावकहरु र चैत २९ गते विद्यालय व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन । सो समस्या कुनै पनि निकायले पहल नगरेको अब न्यायका लागि अदालत जाने चेतावनी समेत शिक्षक माधव दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !